© २०२३
काठमाडौँ ।
जर्मनीमा भएको आम चुनावमा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का नेता फ्रेडरिक मर्जले ठूलो जित हासिल गरेका छन्। उनको पार्टी गठबन्धन सिडियु/सीएसयू ले २८.५ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा ठुलो दल बनेको छ।
सिडियुले वर्तमान चान्सलर ओलाफ स्कोल्जको सोशल डेमोक्रेटिक पार्टी (एसपीडी) लाई पछि पार्दै ठुलो दल बनेको छ। एसपीडी भने तेस्रो स्थानमा रहेको छ।
फ्रेडरिक मर्जको जन्म नोभेम्बर ११, १९५५ मा जर्मनीको ब्रिलन शहरमा भएको थियो। उनको परिवार कानूनको क्षेत्रसँग सम्बन्धित छ। उनले १९७६ मा कानून पढ्न थाले र १९७२ मा सीडीयू पार्टीमा सामेल भए। १९८१ मा उनले चार्लोट मर्जसँग विवाह गरे, जो एक न्यायाधीश हुन्। फ्रेडरिक मर्जका तीन सन्तान छन्।
फ्रेडरिक मर्जको राजनीतिक यात्रा
फ्रेडरिक मर्ज राजनीतिमा फर्किए
फ्रेडरिक मर्जको अडान अवैध आप्रवासीहरूमाथि कडा मानिन्छ। यसबाहेक, उनी जर्मनीको अर्थतन्त्रलाई बलियो बनाउनमा जोड दिइरहेका छन्। अब उनको सबैभन्दा ठूलो चुनौती जर्मनीमा सत्ता सम्हाल्न गठबन्धन सरकार गठन गर्नु हुनेछ।
चुनावी नतिजापछि अब मर्जले कुन दलसँग मिलेर सरकार बनाउछन् भन्ने स्पष्ट भएको छैन। एएफडीले २०.८ प्रतिशत मत प्राप्त गरेको छ भने वर्तमान चान्सलर ओलाफ स्कोल्जको एसपीडीले १६.४ प्रतिशत मत प्राप्त गरेको छ। त्यस्तै ग्रीन पार्टीले ११.६ प्रतिशत र लेफ्ट पार्टीले ८.८ प्रतिशत मत प्राप्त गरेका छन्।