ट्रेंडिंग:

>> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर

‘बाल संरक्षण प्रणाली’ र ‘बालबालिका लक्षित मुद्दा’ मा काठमाडौँ महानगरको समन्वयात्मक बैठक

१३ फाल्गुन २०८१, मंगलवार
१३ फाल्गुन २०८१, मंगलवार

काठमाडौँ ।

जोखिममा रहेका बालबालिकाहरूको खोज तथा उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलनलगायत श्रृङ्खलामा दायित्व भएका निकायसँगको समन्वय अभ्यास समीक्षा गर्दै काठमाडौँ महानगरपालिकाले यसलाई थप प्रभावकारी बनाउन काम थालेको छ ।

यस क्रममा आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा नेपाल प्रहरीसँग बैठक बस्यो । जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनु पर्ने कानुनी तथा व्यवहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनु पर्ने विधि र उपायका लागि महानगरपालिका र नेपाल प्रहरी बीचको समन्वय बैठकको मुख्य विषय थियो ।

बैठकमा बोल्दै उपप्रमुख डंगोलले भनिन्, ‘बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । काम गर्ने पद्धति समान खालका छन् । यसकारण, जसले जहाँबाट काम गरे पनि हामी एउटै संयन्त्रमा काम गरिरहेका छौँ भन्ने बोध गरेर काम गरौँ । सहकार्य र समन्वयलाई पनि यही रुपमा ग्रहण गरौँ । हामी सहकार्य, समन्वय र सहअस्तित्वमा विश्वास गर्छौँ । यसकारण वडा महिला सञ्जालमा स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।’

‘महानगरपालिका र नेपाल प्रहरीका बीचमा समन्वय गर्नु पर्ने काम धेरै छन् । बाल संरक्षणका कामबाट आपसी कार्यक्रम स्थापित गरौँ । यसबाट नमूना समाजको निर्माण गरौँ ।’ उनले, नेपाल प्रहरीसँगको सहरी सुरक्षा र व्यवस्थाका लागि सहकार्य गर्न तत्पर रहेको उल्लेख गरिन ।

छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायव महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारवाही अगाडि बढाउने उल्लेख गर्दै महानगरपालिकाले दिएको मनोसामाजिक प्रतिवेदनका आधारमा कारवाही अगाडि बढाउन सकिने बताए । त्यस क्रममा प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले, महानगरपालिकाले तयार पार्ने मनोसामाजिक प्रतिवेदनमा क्षतिको आँकडा उल्लेख गर्न सुझाव दिए । महानगरपालिका, नेपाल प्रहरी र एकद्वार संकट व्यवस्थापन केन्द्रका बीचको समन्वयमा घटना व्यवस्थापन गर्न सकियो भने पीडितलाई छिट्टै न्याय दिन सकिन्छ । बोहोराको भनाइ थियो ।

छलफलमा मानव बेचविखन अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिपेन्द्र जि.सी., प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक, बालबालिका खोजतलास समन्वय सेवा केन्द्रका प्रहरी नायव उपरीक्षक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी निरीक्षक अनुजा जंगमसहित प्रहरी अधिकारीहरूले अन्तरक्रियामा बोल्दै प्रचलित कानुनले दिएको अधिकारको प्रयोग र व्यवहारिक पक्षमा देखिएका समस्या सुल्झाउन आपसी समन्वय नै उपयुक्त संयन्त्र भएको उल्लेख गरे ।

यस्तै महानगरपालिकाका विभागीय प्रमुख बसन्त आचार्यले, महानगरपालिकाले बाल अधिकार र बाल संरक्षणका लागि जारी गरेका कानुनी प्रबन्धका विषयमा जानकारी गराउँदै, महानगरपालिका एक्लैले सञ्चालन गर्न सक्ने कामका लागि आफैँ प्रयास गरिरहेको उल्लेख गर्नुभयो । बाल अधिकारको सुरक्षा बहुसाझेदार कार्यक्रम हो । यसकारण महानगरपालिकाका कानुनहरूमा सहकार्यात्मक पद्धतिलाई मर्मका रुपमा ग्रहण गरेको उहाँको भनाइ थियो । अन्तरक्रियामा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले, बाल अधिकारका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेका हस्ताक्षर र प्रतिवद्धता पूरा गराउन स्थानीय सरकारको दायित्वमा पर्ने कामलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

यस्तै बाल कल्याण अधिकारी शान्ता पहाडीले अहिलेसम्म गरिएका कामको सिकाइ उल्लेख गर्दै जैविक मातापिताबाट संरक्षण हुन नसक्ने बालबालिकाको अवस्था व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको बताए । काठमाडौँमा जोखिमपूर्ण श्रममा भएका बालबालिकासँगै बालबालिकाविरुद्ध हुने हिंसा, वास्तविक सडक बालबालिका, सडकमा माग्न बसेका बालबालिका, वेवारिसे तथा वेवारिसे अपाङ्गता भएका बालबालिका, गैरकानुनी रुपमा ओसारपसारमा परेका बालबालिका भेटिन्छन् । उनीहरूको व्यक्तिगत, पारिवारिक र सामाजिक समस्या फरक छन् । यससँग सम्बन्धित मनोसामाजिक प्रतिवेदन, घटनाको प्रकृति, घटनाको मुचुल्का उठान, प्रमाण जुटाउने, प्रमाण संरक्षण गर्ने, गोपनीयता सुरक्षा गर्नेलगायत विषय अन्तरक्रियामा उठेका थिए ।

अन्तरक्रियामा बाल अधिकार समितिका सदस्य प्रविन सिलवालले प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस क्रममा उनले, मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनका आधारमा जिल्ला प्रहरी परिसरबाट मुद्दा चलाउने सम्भावनालाई प्रस्तावका रुपमा राखेका थिए ।

महानगरका उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा महानगर बाल अधिकार समिति गठन भएको छ । बाल संरक्षण प्रणालीहरूमा घटना व्यवस्थापन उपसमिति, बाल उद्धार कार्यदल, बाल कल्याण अधिकारी, समाजसेवी तथा बालमनोविज्ञ, वडा बाल अधिकार समिति, विद्यालयहरूमा बाल संरक्षक शिक्षक, बाल क्लव तथा सञ्जाल, साझेदारीमा अस्थायी संरक्षण गृह सञ्चालन लगायत संरचना र संयन्त्र छन् ।

महानगरपालिकाले बालबालिकाहरूको अवस्था अध्ययनका लागि सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरूले बालबालिकाको अवस्था अध्ययन गरेर जोखिम पत्ता लगाएका थिए । पछिल्लो समय काठमाडौँ महानगरपालिकाको हटलाइन नं ११८० मा समेत जोखिममा परेका बालबालिका सम्बन्धी सूचना र गुनासा प्राप्त हुने गरेका छन् । यसरी प्राप्त हुने सूचनाका आधारमा समेत बालबालिका खोजतलास सेवा (१०४०, बाल हेल्पलाईन (१०९८), श्रम कार्यालय, बाग्मती प्रदेशसहित सरोकारवालाको सहभागितामा महानगरपालिकाको बाल उद्धार कार्यदलले उद्धार कार्य गर्दै आएको छ । यसरी जोखिममा देखिएका बालबालिकालाई उद्धार गरेर अस्थायी संरक्षण गृहमा राख्ने गरिएको छ । उद्धार गर्नुअघि पीडितसँग मनोविमर्श गरिन्छ । यसपछि घटना व्यवस्थापन समितिको बैठक गरिन्छ । उद्धारपछि पारिवारिक लेखाजोखा अस्थायी संरक्षण वा पारिवारिक पुनर्मिलन गराइन्छ ।

सिलवालका अनुसार ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकाको उद्धार गरिएको छ । जसमध्ये ३८ जना बाल संरक्षण गृहमा हुनुहुन्छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । जसमा ४ जनाको जबरजस्ती करणी, २ जना बालिकाको बाल यौन दुव्र्यवहार र १ जना बालिकाको कुटपिट तथा दास बनाएको विषय छ । पछिल्ला २ घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?