© २०२३
काठमाडौँ ।
भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीका १२ विधायकलाई दिनभरका लागि निष्कासित गरिएको छ।समाचार एजेन्सी एएनआईका अनुसार, विपक्षी दलकी नेता र दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशी समेत ती १२ विधायक निष्कासनमा परेका हुन्।
दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले विरोध गर्दै नाराबाजी गर्न थालेपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले उनीहरूलाई दिनभरका लागि निष्कासित गरेका छन्।
हालै सम्पन्न भएको निर्वाचनपछि आजदेखि विधानसभाको अधिवेशन सुरु भएको थियो। निष्कासन पछि, आम आदमी पार्टीका विधायकहरूले विधानसभाबाहिर धर्ना दिँदै नाराबाजी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ।