ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

अध्यादेशमा रुमल्लिएको सरकार

१३ फाल्गुन २०८१, मंगलवार
१३ फाल्गुन २०८१, मंगलवार

विकास, सुशासन र संविधान संशोधनमार्फत जनताको अपेक्षा पूरा गर्ने भन्दै कांग्रेस र एमालेको गठबन्धनबाट वनेको केपी शर्मा ओली नेतृत्वको सरकार अध्यादेशमा अड्किएर कुहिरोको काग वन्दै गएको छ । सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशलाई लिएर संसद सत्तापक्ष र विपक्षमा परिणत भएको छ । सरकारलाई समर्थन दिदै आएका दलहरूले समेत भूमि अध्यादेशमा सहमति नदिने अडान लिएपछि सरकार जसरी पनि पारित गर्ने रणनीतिमा छ । मुलुकमा जारी अस्थिर राजनीतिबाट निकास खोज्न नेपालका ठूला राजनीतिक दल मिलेर यो सरकार बनेको थियो । तर, यस बखत अध्यादेशको भारले थिचिन पुगेको छ । विपक्षी दलहरू भूमिसम्बन्धी अध्यादेशबाट सरकार भू–माफियाको स्वार्थमा अल्झिन पुगेको हो कि भन्ने आशंका गरिरहेका छन । स्वार्थको जगमा यो अध्यादेश पेस भएको विपक्षी दलहरूको दावी छ । सरकारबाहिर बसेर सरकारलाई सहयोग गरिरहेको जसपा पनि यो अध्यादेशको विपक्षमा उभिएको छ । यदि जसपा आफ्नो अडानमा कायम रहे यो अध्यादेश फेल हुने निश्चित छ । सधैं दलगत स्वार्थमा टिकेको नेपाली राजनीति फेरि एकपटक अर्को परीक्षामा उभिन पुगेको छ । अहिले सरकारका मन्त्री र नेताहरूले जसरीपनि यो अध्यादेश पारित हुने कुरा दावी गरिरहेका छन् । सरकार अध्यादेशको भूमरीमा पर्नु अवश्यपनि चिन्ताको कुरा हो । भूमि अध्यादेश भूमिहीन नागरिकका लागि भन्दा पनि माफिया र शक्ति केन्द्रकै पक्षमा भएको आरोप सरकारमाथि लागिरहँदा सरकारले अध्यादेशको बिषयमा थप प्रष्ट पार्नु जरुरी छ ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापन गरि वनेको ओली नेतृत्वको सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए तर सरकार सामाजिक सञ्जाल विधेयक तथा भूमि सम्वन्धि अध्यादेशको चंगुलबाट माथि उठ्न सकेको छैन । सरकार बन्दाको मूलभूत उद्देश्य पूरा गर्नेतर्फ सरकार असफल हुने हो कि भन्ने आशंका बढेको छ । कुनैपनि सरकारले अध्यादेशबाट शासन चलाउनु भनेको निरंकुशताको द्योतक हो । आजमात्रै होइन भोली वन्ने नयाँ सरकारको हकमा पनि यही नजिर कायम हुनुपर्दछ । अध्यादेश एकतन्त्रीय शासनलाई मलजल गर्ने सूत्र हो भन्ने आम बुझाई छ । सरकारले जारी गरेका केही अध्यादेशहरू अनुमोदनका लागि सार्वभौमसत्ता सम्पन्न संसदा पेस भएका छन् । तर, माथिल्लो सभामा सरकार पक्षको बहुमत नभएकाले सहजै पारित हुने अवस्था छैन् । त्यसैले सरकारभन्दा बाहिर रहेका राजनीतिक दलहरूसँग अध्यादेशको बिषयमा सरकारले मोलमोलाई गरिरहेको छ । दलका नेतालाई आश्वासनको लड्डु बाँडेको छ । नेताहरू त्यही आश्वासनको पोकामा पर्ने संभावना बढ्दै गएको छ । किनभने साना राजनीतिक दलहरूको भूमिका अहिलेसम्म सत्ता स्वार्थसंग जोडिदै आएको छ । देश चलाउन अध्यादेशको सहारा लिनु कुनैपनि लोकतान्त्रिक शासन व्यवस्थामा सुहाउने कुरा होइन् । १८ माघमा बसेको प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो दिन पेस भएका ६ वटै अध्यादेश संसद्को सम्पत्ति बनेका छन् । सभाको बैठक बसेको ६० दिनभित्र अध्यादेश पारित गरिसक्नुपर्ने र पारित नभएमा निष्क्रिय हुने संवैधानिक प्रावधान छ । तसर्थ सरकारका लागि अवको दिन परीक्षाको घडी हो । अध्यादेश पारित नभए सरकार सत्तामा टाँसिरहनुको तुक हुँदैन । यसर्थ सरकारको अहिले अरू प्राथमिकता भन्दा अध्यादेश जसरी पनि पास गर्ने ध्यान छ । अध्यादेशको चक्करमा सरकारका प्राथमिकता छुटेका छन् । यसतर्फ सरकारको ध्यान जाओस् । सरकार अध्यादेशलाई लिएर कुहिरोको काग नबनोस् । एउटै विवाद निरूपणमा सरकारको समय वर्वाद भयो भने अरू एजेण्डा ओझेलमा पर्ने अवस्था आउन सक्छ । तसर्थ अध्यादेशको हलचल छिटोभन्दा छिटो समाप्त गरि मुलुकमा थाँती रहेका बाँकी कार्यभार र जिम्मेवारी पूरा गर्नेतर्फ सरकारको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?