Butwal Today

भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग

१२ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सूर्य विकको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

राष्ट्रिय खेलाडी कल्याणकारी कोषका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सूर्य विकका दाजु सन्तोष विकलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्दै सूर्य विकको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

श्रीलंकाको कोलम्बोमा गत असोज १९ देखि २६ गतेसम्म भएको यु–१९ पुरुष भलिबल प्रतियोगिता खेल्ने क्रममा सूर्य विक घाइते भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?