Butwal Today

अवैध सालको काठ बरामद

१२ फाल्गुन २०८१, सोमबार
अ+
अ-

पाल्पा, १३ फागुन ।
रामपुरनगरको तालपोखरा क्षेत्रमा संचालित रामपुर सःमिलमा अवैध रुपमा लुकाई छिपाई राखिएको सालको काठ बरामद भएको छ । सिताराम देवकोटाद्धारा संचालित सःमिलमा सव डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय रामपुरको संयुक्त टोलीले छापा मार्दा चिरान सहित गोलिया काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालयका वरिष्ठ वन बिकास अधिकृत बेद प्रसाद भण्डारीका अनुसार लुकाई छिपाई राखेको अवस्थामा सि ग्रेडको सालको ३७ गोलिया १ सय २८.०८ क्यूफिट, बि ग्रेडको ३३ गोलिया ५४.७० क्यूफिट र १८ थान चिरानको काठ बरामद भएको हो । रामपुर क्षेत्रमा निजी तथा सामुदायिक वनबाट फर्निचर तथा मिलतर्फ ओसारपसार गर्ने, लुकाई छिपाई राख्ने कार्य यो मात्र नभई अवैध रुपमा ओसार पसार गर्ने भण्डारण गर्ने यस अगाडि पनि भेटिने गरेको थियो ।

गत सुक्रबार बरामद भएको काठको १ लाख १० हजार ६ सय ९५ रुपैया बिगो माग दावी गरि जिल्ला अदालतमा मुुद्धा दायर गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?