ट्रेंडिंग:

>> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली

हिंसा जहिल्यै पनि गलत: महामन्त्री थापा

१२ फाल्गुन २०८१, सोमबार
१२ फाल्गुन २०८१, सोमबार

रोल्पा, १२ फागुन ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले हिंसा जहिल्यै पनि गलत हुने बताएका छन । हिंसा हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ महामन्त्री थापाले भने । विभिन्न समयमा नेपाली काँग्रेसले पनि बन्दुक उठाएको प्रसंग उल्लेख गर्दै काँग्रेसले उठाएको बन्दुक सर्वधारण मार्नका लागि प्रयोग नभएको बताए ।नेपाली काँग्रेस रोल्पाको दोश्रो जिल्ला सम्मेलनको अवसरमा सदरमुकाम लिवाङमा आयोजित आमसभामा बोल्दै महामन्त्री थापाले भने, काँग्रेसले व्यक्ति हत्या नगरेकाले बन्दुक उठाए पनि हिंसा गरेको थिएन । काँग्रेसले उठाएको बन्दुक केवल सेना प्रहरी संग लड्नको लागि प्रयोग भएपनि अहिले आएर समीक्षा गर्दा बन्दुक उठाउन पनि गलत भएको निश्कर्षमा काँग्रेस पुगेको छ महामन्त्री थापाले भने । काँग्रेसले बन्दुक उठाउँदा निरंकुश शासन थियो, सभा सम्मेलन गर्न मात्र हैन बोल्न समेत नपाइने व्यवस्थाको विरुद्ध काँग्रेसले उठाएको बन्दुक र २०४६ सालको राजनैतिक परिवर्तन पछि नेकपा माओवादीले उठाएको बन्दुकको तुलना हुन नसक्ने बताए ।

काँग्रेस यो देशको जिम्मेवार पार्टी भएकाले हिंसामा रहेका माओवादीलाई काँग्रेसकै अगुवाईमा शान्ति प्रकृयामा ल्याएको बताए । संसद पुनस्र्थापनासँगै एमाले सरहको हैसियत दिएर माओवादीलाई संसदीय मुलधारमा ल्याएको महामन्त्री थापाको भनाइ थियो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादी भन्दा धेरै सानो दल भएर पनि काँग्रेस नमात्तिएको बताउँदै उत्तेजनाको राजनीति र विवेकको राजनीतिमा धेरै अन्तर हुने बताए । काँग्रेस उत्तेजनाको हैन विवेकको राजनीति गर्न चाहान्छ महामन्त्री थापाले भने ।२०७९ को निर्वाचनमा गरिएको गठबन्धनले काँग्रेस, माओवादी, एकीकृत समाजवादीलाई २०८४ सम्म जान म्याण्डेट दिएको भएपनि प्रचण्डको चकचक गर्ने वानीका कारण उक्त सरकार ढलेको बताए । काँग्रेस संग गठबन्धन गरेर चुनाव जित्ने अनि एमालेसँग मिलेर सरकार बनाउने गरी प्रचण्डले गरेको उप्रदोका कारण सरकार ढलेको महामन्त्री थापाको भनाइ थियो ।

वर्तमान सरकार काँग्रेसको छनौटको सरकार नभएपनि निर्वाचन प्रणालीका कारण मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेसँग मिलेर सरकार बनाउन वाध्य भएका छौं महामन्त्री थापाले भने । अब यो सरकार काँग्रेसको चकचकका कारण ढल्दैन, २०८४ सम्मै जान्छ थापाले भने । काँग्रेस जे भन्छ त्या गर्छ त्यसैले सरकार काँग्रेसका कारण तलमाथि हुदैन थापाले भने ।
काँग्रेस एमाले गठबन्धन सरकारको लागी अझै तीन वर्ष बाँकी रहेको बताउँदै काम गर्न चाहानेहरूका लागि यो यथेष्ट समय हो महामन्त्री थापाले भने । २०८४ सालको निर्वाचनमा काँग्रेसले घोषणा पत्र हैन रिपोर्ट कार्ड लिएर जानुपर्छ महामन्त्री थापाले भने । अहिले सम्म घोषणा पत्र लिएर जनतासँग मत माग्न गइयो, अब हामीले यति काम ग¥यौं भनेर रिपोर्ट कार्ड लिएर मतदाताकोमा जानुपर्छ महामन्त्री थापाले भने ।

आमसभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले रोल्पाका विभिन्न ठाउँहरूमा जनयुद्ध स्मृती भ्यूटावरहरू वनेको उल्लेख गर्दै ती भ्यूटावरहरूलाई शान्ति भ्यूटावरको रूपमा रूपान्तरण गर्न आग्रह गरे । युद्ध स्मरण गर्ने विषय हैन त्यसकारण युद्ध स्मृती भ्यूटावरको ठाउँमा शान्ति भ्यूटावर वनाउनुस रायमाझीले भने ।सभाको अर्का वक्ता नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सय दिने अभियानका लागि रोल्पा जिल्लामा खटिनु भएकी केन्द्रीय प्रतिनिधि राधा घलेले रोल्पा द्वन्द्वका क्रममा १२३ जना कार्यकर्ता गुमाएको बताईन । आफ्नो जीवन आहुति दिएर पनि रोल्पाली काँग्रेसले प्रजातन्त्र बचाई राखे, काँग्रेस हुनुको यो भन्दा ठूलो कुरा के हुन्छ घलेले प्रश्न गरिन ।
सभामा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, नेपाली काँग्रेस गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, नेपाली काँग्रेस सल्यानका सभापति केशवहादुर विष्ट र नेपाली काँग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहले मन्तव्य व्यक्त गरेका थिए । नेपाली काँग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्य, उपसभापति हरिवहादुर पुन, काँग्रेस रोल्पाका सचिव शेरवहादुर थापा लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?