© २०२३
बुटवल, १२ फागुन ।
सन्तोषी श्रेष्ठलाई लगातार दुई दिन दुई उपाधि चुमेकी छिन् । काठमाण्डौमा शनिबार प्रधान सेनापति खुल्ला म्याराथन – २०८१ जितेकी सन्तोषी श्रेष्ठले आईतबार बुटवलमा सम्पन्न ‘रन टु साईन’ दौड प्रतियोगिता समेत आफनो नाम गरिन । साईन रेसुङा डेभलपमेन्ट बैकको १७ वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको १० किलोमिटर दुरी ३६ मिनेट २१ सकेण्डमा पुरा गदैै उनले उपाधि जितिन । उपाधिसंगै उनले नगद १ लाख रूपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भईन । पुरुषतर्फ सिन्धुपाल्चोकका मिङमार सिह तामाङले ३१ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै उपाधि चुमेका छन । यसैगरि नेपाल पुलिसका नागेश्वर ऐरले ३२ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै दोस्रो, काठमाण्डौका गणेश सिह रावतले ३२ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै तृतिय तथा सन्जिब नेपाली ३४ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै चौथौ तथा मुगुका अक्कल बडवालले ३५ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै पाचौ भए ।
खुला १० किलोमिटरमा महिलातर्फ त्रिभुवन आर्मी क्लबकी पुर्णराज्य लक्ष्मी न्यौपाने ३६ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै दोस्रो, नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारीले ३७ मिनेट २९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो तथा एपीएफकै आशा रावल ३९ मिनेट ५ मिनेटमा दुरी पार गर्दै चौथौ तथा कास्कीकी नारायणी भण्डारीले ४२ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै पाँचौ भए ।प्रतियोगिताको ५० वर्षमुनीको ५ किलोमिटर दौड पुरुषतर्फ अर्घाखाचीका शिव रायमाझीले १५ मिनेट १७ सकेण्डमा दुरी पार गर्दै प्रथम भए । कपिलबस्तुका अजय पाण्डे क्षेत्रीले १५ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै द्धितिय, बर्दियका मुकेश थारु १६ मिनेटमा २ सेकेण्डमा दुरी पार गर्दै तृतिय तथा नवलपरासीका प्रेमलाल कोहार १६ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै चौथो भए ।
महिलातर्फ बर्दियाकी पुजा पछाई १९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै प्रथम भईन । रूपन्देहीकी तेजमाया कुवरले १९ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै दोस्रोे भईन । रूपन्देहीकी प्रकृति घिमिरे २० मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भईन । कपिलबस्तुकी प्रतिमा केवटले २१ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै चौथो भईन ।यसैगरि ५० वर्षभन्दा माथि ५ किलोमिटरमा तर्फ रूपन्देहीका युवराज राना २१ मिनेट ३ सेकेण्डमा दुरी पार गर्दै प्रथम भएका छन । यसैगरि गोबिन्द थापा २२ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै दोस्रो, गुल्मीका केशरसिह महरा २३ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै तृतीय, टेक बहादुर बुढाथोकी २३ मिनेट ३१ सेकेण्डमा दुरी पार गर्दै चौथौ भए ।महिलातर्फ गोमा सुवेदी प्रथम, दोस्रो कविता पाठक भए ।एक समारोहका बिच दौडका सदभावदुत बैकुष्ठ मानन्धर, लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थी, बैकका अध्यक्ष थानेश्वर पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले विजेता, उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन ।
प्रतियोगितामा १० किलोमिटर पुरुष र महिला दुबै विधाको खुलातर्फ विजेताले नगद १ लाख रूपैयाँ, उपविजेताले नगद ४० हजार, तेस्रो चौथो, पाचौलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँबाट पुरस्कृत गरिएको छ । यसैगरि स्थानिय धावकको ५ किलोमिटर दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरि दुई विधामा पुरुष, महिलाको विजेताले नगद १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय रूपैयाबाट पुरस्कृत गरिएको छ ।यसैबिच बैकले वार्षिकोत्सवको अवसरमा ओलम्पियन धावक तथा १० के रनका सदभावना दुत बैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरेको छ । ३ विधामा आयोजित दौड प्रतियोगिताका विजेता–उपविजेताका लागि ५ लाख रूपैयाँ पुरस्कार राशी रहेको थियो ।खुला, स्थानीय ५० वर्षसम्म र ५० वर्षभन्दा माथि गरि ३ विधामा आयोजना हुने प्रतियोगिता कखरा ईभेन्टमा सहकार्य, राष्ट्रिय खेलकुद परिषद र नेपाल एथलेटिक्स संघको स्विकृतीमा संचालन भएको हो । सामाजिक उत्तरदायित्वसंगै वातावरण जोगाउने गरि १७ हजार बोट बिरुवा वृक्षारोपण गरेको छ । काठमाडौ बाहिर हेड अफिस भएको एकमात्र राष्ट्रिय विकास बैक हो । १५ सय जना सहभागी रहेका थिए ।