ट्रेंडिंग:

>> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु 

प्रादेशिक अस्पतालका डाक्टरले निजी अस्पतालमा पठाएको बिरामीको अपरेसन गर्दा मृत्यु, घटनाको छानबिनको माग

१२ फाल्गुन २०८१, सोमबार
१२ फाल्गुन २०८१, सोमबार

 रौतहट ।

रौतहटको सदरमुकाम गौरस्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापरबाहीका कारण एकजना युवकको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेका छन्।

डाक्टरले लापरवाहीपूर्वक गौर नगरपालिका- ३ का धर्मेन्द्र अधिकारीका छोरा १८ बर्षीय लालु अधिकारीको आन्द्राको शल्यक्रिया (अपरेसन) गर्दा मृत्यु भएको भन्दै मृतकका काका देवी भन्ने देवेन्द्र अधिकारीले घटनाको छानबिन गर्न माग गरेका छन्।

मृतकका काका अधिकारीका अनुसार मृतक लालु अधिकारीलाई पेट दुखेर उपचारको लागि सुरुमा शनिबार प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो। त्यहाँ अल्ट्रासाउन्ड लगायत विभिन्न जाँच गराएर हेरेपछि प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डाक्टर घनश्याम ठाकुरले लालुको आन्द्रा फुटेको बताउँदै सरकारी अस्पतालमा राम्रो सेवा सुविधा नभएकाले अर्का डाक्टर पंकज साहसंग सम्पर्क गर्न सुझावसहित दबाब दिएको देवीले बताएका छन्।

डाक्टर ठाकुरको सल्लाह अनुसार डाक्टर पंकजले बिरामीलाई प्रादेशिक अस्पतालबाट आन्द्राको अपरेसनका लागि गौर सेन्टर हस्पिटलमा पुर्याएका थिए। सेन्टरका सर्जन डाक्टर फिरोज अन्जुम, डाक्टर पंकज साहसहितले बिरामी लालूको पेटको अपरेसन गरेर मलाई अपरेसन थिएटरमै बोलाएर बाबुको यही आन्द्रा फुटेको थियो भनेर देखाउँदै अब केही बेरमा हामीले यसको स्टिच गर्छौँ अनि ठीक हुन्छ भनेको मृतकका काका देवीले भने।

देवीका अनुसार अपरेसन गरेको केहीबेरपछि अस्पतालबाट फोन आयो, “तपाईं तुरुन्त आउनुहोस्, बिरामीको हालत क्रिटिकल भएको छ।” लगत्तै त्यहाँ पुग्दा बिरामी पुरै अचेत, श्वास पनि नचलेको जस्तो देखियो। लगत्तै मैले फोन गरेर डाक्टर ठाकुरलाई बोलाएर देखाए अनि गुनासो पनि गरेँ, “तपाईंहरूले यो अस्पतालमा पठाउनु भयो, बच्चाको यस्तो अवस्था भयो।”

डाक्टर ठाकुरले पनि अक्सिजनसहित एम्बुलेन्समा राखेर अबिलम्ब नेशनल मेडिकल कलेज बिरगंज लग्न सुझाव दिएका थिए। उनको सुझाव अनुसार शनिबार राती करीब १० बजे गौर अस्पतालबाट बिरामीलाई लिएर नेशनल मेडिकलमा राती ११ बजे पुगेर बिरामीलाई अस्पतालको बेडमा राखेको थिए। त्यहाँ उपचार गर्न आएका डाक्टरले बिरामीको मृत्यु भएको बताएपछि मैले हारगुहार गर्दा ती डाक्टरले बिरामीको ३ घण्टा अघिनै मृत्यु भइसकेको बताइएको देवीले बताएका छन्।

अर्थात बिरामीको अपरेसनकै क्रममा मृत्यु भएको र डाक्टरले आफूलाई झुक्याएर बिरगंज पठाएको देवीले दाबी गरेका छन्। उता बिरामीलाई बिरगंज तर्फ लिएर जानु र उपचारमा संलग्न डाक्टर फिरोज, पंकजसहितको टीम फरार भएको उनले जानकारी दिएका छन्।

देवी अधिकारीले डाक्टर पंकज साह, फिरोज अन्जुम र घनश्याम ठाकुर अन्य केही चिकित्सकहरूको कमिशनको चलखेलका कारण बिरामीलाई जबर्जस्ती निजी अस्पतालमा पठाएको दाबी गरेका छन्।

सरकारी अस्पतालमा उपचार सम्भव हुँदाहुँदै पनि बिरामीलाई निजी अस्पतालमा पठाउनु दुःखद मात्र होइन आपराधिक कार्य हो, उनको भनाइ रहेको छ। यस्तो लापरबाहीको कडा छानबिन हुनुपर्छ। उनीहरूले दोषी चिकित्सक र अस्पताल प्रशासनमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनको चेतावनी समेत दिएका छन्।

मेडिकल अधिकृत डाक्टर घनश्याम ठाकुरले घटनामा आफू दोषी नरहेको बताएका छन्। शनिबार डाक्टर पंकज साहसँगै अस्पतालमा ड्युटीमा थिएँ। सोही क्रममा लालू अधिकारीको आन्द्राको अपरेसन यहाँ सम्भव नभएको मैले बताएपछि डाक्टर पंकज साहले गौर सेन्टर हस्पिटल पठाउन भने र उनी म भन्दा सिनियर कन्सल्टेन्ट सर्जन भएकाले उनको कुरा मानेर पठाएको प्रतिक्रिया दिएका छन्।

डाक्टर फिरोज अन्जुमले उक्त अपरेसनको समय आफू बाहिर रहेकाले कुनै जानकारी नभएको तर विगतदेखि नै डाक्टर पंकजले मेरो गौर सेन्टर हस्पिटल प्रालिको अपरेसन थिएटर पटक पटक गर्दै आएकाले यस पटक पनि गरेको बताए।

डाक्टर पंकज साहको मोबाईलमा पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन्।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले आन्द्राको अपरेसनका लागि प्रादेशिक अस्पतालबाट बिरामी बाहिर कसरी गयो, अनुसन्धानको विषय भएको बताएका छन्। बिरामीको लक्षण अनुसार आन्द्रामा प्वाल परेर संक्रमण हुने, यसलाई मेडिकल भाषामा पेरी टोनाईसिस रोग भनिन्छ। यसको अपरेसन जटिल प्रकृतिको हुन्छ, बिरामीलाई पूर्णतया बेहोस गर्नु पर्छ, डाक्टर ठाकुरले भने, जसको लागि एमडी एनेस्थेटिक हुन जरुरी छ। प्रादेशिक अस्पतालमा एमडी एनेस्थेटिक डाक्टर नभएको कारण यस प्रकृतिका बिरामीलाई हामीले विशेषज्ञ डाक्टरसँग सल्लाह गरेर नारायणी अस्पताल बिरगंजमा रेफर गर्दै आएका छौं। तर लालुको अपरेसनका लागि गौरस्थित निजी अस्पतालमा पठाउनु गलत भएको डाक्टर ठाकुरले बताएका छन्।

बिगतमा प्रादेशिक अस्पताल गौरमा १ जना मात्र सर्जन डाक्टर हुँदा समस्या भएको कारण अस्पताल व्यवस्थापन समितिको पहलमा थप दुईजना सर्जन डाक्टरको व्यवस्था गरिएको छ, तर पनि यस्तो अवस्था आउनु दुःखद भएको उनको भनाइ रहेको छ।

प्रादेशिक अस्पतालमा कार्यरत केही नैतिकता नभएका डाक्टरले आफ्नो स्वार्थ पूर्तिका लागि बिरामीलाई निजी अस्पतालमा पठाउने गरेको बारे लिखित उजुरी आएकाले यसको सम्बन्धमा स्वास्थ्य मन्त्रालयमा कुरा राख्ने मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले प्रतिवद्धता जनाएका छन्।

अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमिले घटना सम्बन्धमा डाक्टर ठाकुर, साह र अन्जुमसंग लिखित स्पष्टीकरण सोध्न लागिएको तथा कानुन अनुसार कारवाहीको प्रक्रिया अघि बढाउने बताएका छन्।

यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज अजय कुमार गुप्ता पीडित परिवारसँग भेट गरी घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिन तथा पीडित परिवारलाई न्याय पाउनु पर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?