© २०२३
काठमाडौं।
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भारतको ओडिशास्थित केआआटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा संसद्मा बोल्ने क्रममा रास्वपाका उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै आपत्ति जनाएका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले रास्वपा सांसद वाग्लेले गम फागुन ८ गते बसेको बैठकमा परिवारका सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका हुन्।
उनले भने, “प्रकृतिको दु:खद निधन भयो। संसद्मा कुरा उठ्यो। हामी सबैले उहाँ बहिनीप्रति श्रद्धाञ्जली अर्पण गर्यौं। ८ गते बसेको बैठकमा माननीय स्वर्णिम वाग्लेले परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिनुभयो। उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दछु।”
सांसद खतिवडाको उक्त मागप्रति सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाउँदै संसद सचिवालयका कर्मचारीलाई अध्ययन गर्न र यदि त्यस्तो भएको भए सच्याउन निर्देशन दिएका छन्।