© २०२३
बुटवल, १२ फागुन।
ब्याडमिन्टन खेल र युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ रुपन्देहीमा राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ हुने भएको हो।
नवदिलिप कभर्ड हलमा सोमबार पत्रकार सम्मेलन गरि चैत ७-९ सम्म ३ दिने प्रतियोगिताको तयारी विभिन्न उपससमिति गठन गरि शुरु भएको क्लबका द्घितिय उपाध्यक्ष तथा खेल संयोजक शम्भु भट्टराईले बताए। मेन्स सिगल, वुमन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ प्लस तथा मास्टर भेट्रान्स ६० प्लस डबल्स गरि ६ विधामा प्रतियोगिता खेलहरु नवदिलिप कवर्ड हल र लुम्बिनी कवर्ड हल गरि दुई स्थानमा खेलाईने उनले बताए। मेन्स सिगलका प्रथम, द्घितिय र तृतियलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि वुमन्स सिगलका प्रथम, द्घितिय, तृतियलाई नगद ३० हजार, २० हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि मेन्स डबल्समा प्रथम, द्घितिय र तृतिय टिमले नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि भेट्रान्स ४५ प्लस डबल्समा प्रथम, द्घितिय र तृतियलाई क्रमश ४० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि भेट्रान्स ५५ प्लस डबल्समा प्रथम, द्घितिय र तृतियलाई नगद २० हजार, १५ हजार र १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि मास्टरतर्फ प्रथम, द्घितिय र तृतियलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए।
प्रतियोगितामा ३ सय बढि खेलाडी र २० हजार बढी दर्शकबाट अवलोकन हुने बताए। करिब साढे २६ लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ।
कार्यक्रममा क्लबका अध्यक्ष पंकज ज्ञवालीले नेपाल ब्याडमिन्टन संघको सहकार्यमा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय रेकिङ खेलाडीहरु भित्रने बताए। खेलाडीहरुलाई प्रोत्साहन हुने गरि प्रतियोगिताको निरन्तरता जरुरी रहेको उनले बताए। खेल गतिविधिसंगै सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिदै आएको उनले बताए। क्लबबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन, राष्ट्रिय प्रशिक्षकबाट युवा खेलाडीहरुलाई प्रशिक्षण, राष्ट्रिय स्तरका एम्पायर उत्पादनमा समेत योगदान दिदै आएको उनले बताए। यसैगरि क्लबमार्फत विभिन्न मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, क्षेत्रियस्तरको ५ पटक, राष्ट्रियस्तरको २ पटक, अन्तरविद्यालय प्रतियोगिता ३ पटक र मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता गरेको छ।
कार्यक्रममा निवर्तमान अध्यक्ष गोपाल टण्डन, पुर्व अध्यक्ष रमेश बहादुर थापा, सह संयोजक बालदर गोदारले खेल गतिविधि संचालनमा विभिन्न खेलप्रेमीहरुको सहयोग रहदै आएको बताए।
दोस्रो संस्करणमा मेन्सतर्फ प्रिन्स दाहाल र वुमन्सतर्फ रसिला महर्जन विजेता रहेको सचिव भानु केसीले बताए। क्लबमा ३४ जना आजिवन र ६५ जना साधारण गरि ९९ जना सदस्यहरु छन।