© २०२३
काठमाडौं।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बचाउ गर्दै प्रतिनिधि सभाको बैठकमा सवाल उठाएका छन्। उनले प्रश्न गरे, “कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ती गरे?”
सांसद पौडेलले कुलमान घिसिङलाई हटाउने हल्ला चलिरहेको स्थितिमा भनिरहेका थिए, “अहिले कुलमानलाई बिहानै हटाईन्छ, बेलुका हटाईन्छ, भोलि हटाईन्छ भनिँदैछ। उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे?” उनले थपे, “घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएर के गल्ती गरे कुलमानले? लोडसेडिङमुक्त नेपाल बनाउँदै के गल्ती गरे? भारत र बंगलादेशलाई विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे? बरु सम्मान गर्नुपर्छ।”
सांसद पौडेलले विद्युत बक्यौता नतिर्ने व्यक्तिहरूको लाइन काटिनुपर्ने कुरा उठाए, तर उनले भनिरहेका थिए कि “महशुस तिर्नेहरूको लाइन काटिन्छ” भनेकोमा आपत्ति जनाए।