Butwal Today

स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो- सांसद डा. तोसिमा कार्की

१२ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाण्डौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमाको भुक्तानी गर्न सकिदैन भन्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अभिव्यक्तिप्रति असहमतिपूर्वक आपत्ति जनाएकी छन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य बीमाको कार्यक्रम शुरु गर्ने बेलामा आफूहरूले नै यो कार्यक्रम ल्याएको तर अहिले यसलाई अलपत्र पार्नको प्रयास गरिँदैछ भन्ने आरोप लगाइन्।

सांसद कार्कीले भनिन्, “अनिवार्य रूपमा सबै नागरिकको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरौं र यसको शुरुआत मन्त्री र मन्त्रीको सचिवालयबाट गरौं। यदि देशभरका २ करोड ९१ लाख नागरिकले स्वास्थ्य बीमा गराए भने प्रत्येक वर्ष २० अर्ब रुपैयाँ उठ्न सक्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?