ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)

चैतको पहिलो सातादेखि तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने

प्रतियोगितामा ३ सय बढि खेलाडी र २० हजार बढि दर्शकहरु भित्रने आयोजकको अनुमान रहेको छ।
१२ फाल्गुन २०८१, सोमबार
१२ फाल्गुन २०८१, सोमबार

बुटवल, १२ फागुन।
ब्याडमिन्टन खेल र युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ रुपन्देहीमा राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ हुने भएको हो।

नवदिलिप कभर्ड हलमा सोमबार पत्रकार सम्मेलन गरि चैत ७-९ सम्म ३ दिने प्रतियोगिताको तयारी विभिन्न उपससमिति गठन गरि शुरु भएको क्लबका द्घितिय उपाध्यक्ष तथा खेल संयोजक शम्भु भट्टराईले बताए। मेन्स सिगल, वुमन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ प्लस तथा मास्टर भेट्रान्स ६० प्लस डबल्स गरि ६ विधामा प्रतियोगिता खेलहरु नवदिलिप कवर्ड हल र लुम्बिनी कवर्ड हल गरि दुई स्थानमा खेलाईने उनले बताए। मेन्स सिगलका प्रथम, द्घितिय र तृतियलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि वुमन्स सिगलका प्रथम, द्घितिय, तृतियलाई नगद ३० हजार, २० हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि मेन्स डबल्समा प्रथम, द्घितिय र तृतिय टिमले नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि भेट्रान्स ४५ प्लस डबल्समा प्रथम, द्घितिय र तृतियलाई क्रमश ४० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि भेट्रान्स ५५ प्लस डबल्समा प्रथम, द्घितिय र तृतियलाई नगद २० हजार, १५ हजार र १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि मास्टरतर्फ प्रथम, द्घितिय र तृतियलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए।
प्रतियोगितामा ३ सय बढि खेलाडी र २० हजार बढी दर्शकबाट अवलोकन हुने बताए। करिब साढे २६ लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ।
कार्यक्रममा क्लबका अध्यक्ष पंकज ज्ञवालीले नेपाल ब्याडमिन्टन संघको सहकार्यमा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय रेकिङ खेलाडीहरु भित्रने बताए। खेलाडीहरुलाई प्रोत्साहन हुने गरि प्रतियोगिताको निरन्तरता जरुरी रहेको उनले बताए। खेल गतिविधिसंगै सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिदै आएको उनले बताए। क्लबबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन, राष्ट्रिय प्रशिक्षकबाट युवा खेलाडीहरुलाई प्रशिक्षण, राष्ट्रिय स्तरका एम्पायर उत्पादनमा समेत योगदान दिदै आएक‍ो उनले बताए। यसैगरि क्लबमार्फत विभिन्न मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, क्षेत्रियस्तरको ५ पटक, राष्ट्रियस्तरको २ पटक, अन्तरविद्यालय प्रतियोगिता ३ पटक र मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता गरेको छ।
कार्यक्रममा निवर्तमान अध्यक्ष गोपाल टण्डन, पुर्व अध्यक्ष रमेश बहादुर थापा, सह संयोजक बालदर गोदारले खेल गतिविधि संचालनमा विभिन्न खेलप्रेमीहरुको सहयोग रहदै आएको बताए।
दोस्रो संस्करणमा मेन्सतर्फ प्रिन्स दाहाल र वुमन्सतर्फ रसिला महर्जन विजेता रहेको सचिव भानु केसीले बताए। क्लबमा ३४ जना आजिवन र ६५ जना साधारण गरि ९९ जना सदस्यहरु छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?