Butwal Today

११.६६ अंकले बढ्यो नेप्से

११ फाल्गुन २०८१, आइतबार
अ+
अ-

काठमाडौं, ११ फागुन।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.६६ विन्दुले बढेको छ। नेप्से सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।धितोपत्र तथा ऋणपत्र गरी कारोबारमा आएका ३२८ कम्पनीको दुई करोड १२ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ।

सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सिइडीबी होल्डिङको सेयर मूल्य ३६ करोड ११ लाख रुपैयाँदेखि ९५ करोड ६४ लाख रुपैयाँसम्मको कारोबार भएको छ।

सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, कुमारी सबल योजना, छ्याङदी हाइड्रो पावर, बोटलर नेपाल र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७.०५ प्रतिशतदेखि १० प्रतिशतले सर्किट लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?