© २०२३
बुटवल, ११ फागुन ।
रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ अन्तर्गतका रोटरी क्लबहरूले रोटरी दिवस सामूहिक रूपमा मनाउने भएका छन । रिजन ५ अन्तर्गतका ३७ क्लबहरूको आयोजनामा २३ फेब्रुअरी आईतबार सम्पदा वाक हेरिटेज राईड तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने भएको हो ।शनिबार पत्रकार सम्मेलन गरि रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले समुदायमा रोटरीको आफनो छुट्टै पहिचान रहेको बताए । रिजन ५ अन्तर्गत रहेका ३७ क्लबहरूको संयुक्त आयोजनामा आईतबार बिहान गणेशथानदेखि जितगढिसम्म हेरिटेड राईड कार्यक्रम गर्ने तयारी भएको बताए । रोटरी क्लबहरूबीचमा रहेको एकतामार्फत संस्कृति जर्गेनाको सन्देश दिने गरि कार्यक्रम गर्न लागेको उनले बताए । रोटरीमार्फत साक्षरता अभियान हुँदै पछिल्लोसमय प्रविधिमैत्री शिक्षा दिने गरि कम्प्युटर ल्याब सहयोगसम्मको कार्यक्रम गर्दै आएको उनले बताए ।
कार्यक्रममा रोटरी क्लब अफ सिद्धार्थ लुम्बिनीका अध्यक्ष तथा कार्यक्रम संयोजक ओम जैसीले समाजसेवाको मुलमन्त्र बोकेको रोटरी भाईचारा र नेतृत्व विकास गर्न मद्यत मिल्ने गरि काम गर्दै आएको बताए । समुदायस्तरमा सचेतनामुलक कार्यक्रम, शिक्षाका परियोजना, स्वस्थ्य परियोजना र खानेपानीका धेरै कामहरू सफल रहेको उनले बताए । बुटवलमा रोटरीमार्फत गौतमबुद्घ मुटु अस्पताल स्थापना गरेर धेरै बिरामीहरूको सेवा गर्न सफल भएको भन्दै उनले मृगौला बिरामीलाई डाइलासिस र मुटु बिरामीलाई क्याथ ल्याब जस्ता सुबिधाहरू दिन सफल रहेको उनले बताए ।कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष शिव ज्ञवालीले रोटरीको कामप्रति आम नागरिकको बुझाइ सकारात्मक रहेको बताए । यस क्षेत्रका रोटरीयनहरूबाट नमुना सामूहिक परियोजना ल्याउन सफल भएको भन्दै उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नेपालमा नै उत्कृष्ट काम भएको बताए । ग्रामिण क्षेत्रका महिलाहरूलाई शसक्तिकरण गर्ने गरि आयमुलक तालिममा आवद्धता गराउन सफल भएको उनले बताए । समुदायमा धेरै काम गरेको भएपनि त्यो बाहिर आउन नसकेको उनले बताए ।
कार्यक्रममा रोटरी क्लब अफ रूपन्देहीका अध्यक्ष प्रमोद पन्थीले रोटरी भिलेज घोषणा गरि त्यो क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधार गर्नेसम्मका काम गर्दै आएको छ । यसैगरि रोटा इयर २०÷२५ मा शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण लगायतका क्षेत्रमा गरिएको कार्यक्रमबारे प्रकाश पारे । कार्यक्रममा रोटरी क्लब अफ क्यापिटल बुटवल का अध्यक्ष विजय खनाल, रोटरी क्लब अफ बुुटवल सेन्ट्रल बुटवलका अध्यक्ष दिनेश रेग्मीले बालबालिका र मातृत्वमा समेत योगदान दिँदै आएको बताए । पछिल्लोसमय शहरमा सुविधासम्पन्न सडक बनेको तर ट्वाईलेटको अभाव हुदा त्यसमा अबको योजना ल्याउनुपर्ने उनले बताए । रिजन ५ अन्तर्गतको कावासोसीदेखि धनगढीसम्मको एरिया पर्छ । डिष्ट्रिक अन्तरगत नेपालका रहेका १४४ वटा क्लबहरूले आफ्ना गतिविधि गर्दै आएका छन भने २०८ वटा राष्ट्रमा रोटरी स्थापना भएका छन ।