Butwal Today

पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती

११ फाल्गुन २०८१, आइतबार
अ+
अ-

काठमाडौं, ११ फागुन ।

कांग्रेस सांसद ईश्वरि न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने मन भए चुनावमा लडेर आउन चुनौती दिएकी छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले चुनाव लडेर संसदमा आउन चुनौती दिएकी हुन्।

‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्,’ उनले भनिन्। पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उनले सुझाव दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?