Butwal Today

एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल

११ फाल्गुन २०८१, आइतबार
अ+
अ-

काठमाडौं, ११ फागुन ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए। त्यसपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनलाई डिस्चार्ज गरिएको थियो।

घाइते भए पनि पौडेल अत्यावश्यक काम निवासबाट गर्दै आएका थिए। आज एक सातापछि उनी सिंहदरबारस्थित अर्थ मन्त्रालय फर्किएका छन्।