ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

‘आर्थिक विकासमा नेपालले कायपलट गर्न सक्छ’

११ फाल्गुन २०८१, आइतबार
११ फाल्गुन २०८१, आइतबार

बुटवल, ११ फागुन ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल आर्थिक विकासमा कायापलट गर्न सक्ने क्षमता भएको देश भएको बताएका छन् । ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको भनाइ राखे । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने–‘नेपालमा लगानीका प्रसस्त सम्भावनाहरू छन्, ती सम्भावनाहरूलाई अवसरमा बदल्न आवश्यक छ ।’यहाँको स्रोत साधनलाई उपयोग गरेर पर्याप्त अर्थोपार्जन गर्न सकिने बताउँदै उनले यहाँका बस्तुलाई प्रचार मात्रै गर्न सक्ने हो भने पनि निर्यातका लागि कुनै समस्या नहुने भनाई राखे । नेपालमा प्राकृतिक सोत साधनको प्रचुर सम्भावना रहेको बताउँदै त्यसलाई ‘क्यापिटलाईज’ गर्नुपर्नेमा जोड दिए ।

उनले यहाँ भएका स्रोत साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रसस्त सिर्जना गर्न सकिने बताउँदै लगानीकर्तालाई त्यसतर्फ आकर्षित गर्नुपर्ने भनाइ राखे ।अध्यक्ष ढकालले नेपाल उद्योग बाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरूको माग अनुसार विधान संशोधन गरिएको बताउँदै विधान संशोधनसंगै जिल्ला नगर उद्योग वाणिज्य संघबाट महासंघमा जानको लागि अवसर सिर्जना गरेको दाबी गरे ।

त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रका उद्योगी व्यवसायीहरूले २००९ सालमा तदर्थ समिति गठन गरी विधिवत रूपमा २०१० साथमा बुटवल उद्योग वाणिज्य संघको स्थापना गरेको जानकारी गराउँदै संघको स्थापनासंगै संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा समेत लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको जानकारी गराएका थिए ।

एनले अनुसार संघले शिक्षा क्षेत्रमा लुम्बिनी वाणिज्य स्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना, बुटवल बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण, स्वास्थ्यमा आम्दा अस्पताल, भूम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती भवन निर्माण लगायतका पूर्वाधार निर्माणमा लगानी सहितको नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । त्यस बाहेक यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा पनि उल्लेखनीय योगदान गरिएको उनले जानकारी गराए ।

कार्यकममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उद्योग वाणिज्य संघको ईतिहास गौरवपूर्ण रहेको बताउँदै यहाँका उद्योग व्यवसायको प्रवद्र्धन तथा स्थानीय आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान रहेको भन्दै संघको प्रशंसा गरे । उनले पछिल्लो समय बुटवलमा विज्ञापन बोर्ड करको विषय पेचिलो बनेको बताउँदै मापदण्ड भन्दा बढी लिएको भए कारवाही गरिने जानकारी गराए । उनले त्यसका लागि नगरपालिकामा निवेदन दिन आग्रह गरे । त्यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले पनि राजश्य परामर्श समितिको सुझाव सल्लाहमा नगरपालिकाले निर्णय लिने गरेको जानकारी गराउँदै यस्ता विषयमा सुधारका लागि समेत विमर्श गर्न सकिने भनाई राखेका थिए ।

पूर्वअध्यक्ष मल्लीलाई सम्मान

बुटवल उद्योग पाणिज्य संघका पूर्वअध्यक्ष कुशप्रसाद मल्लीलाई सम्मान गरिएको छ । संघको स्थापना दिवसको अवसरमा पूर्वअध्यक्षहरूको तर्फबाट उहालाई सम्मान गरिएको हो । संघको श्रीबृद्धि र उन्नयनमा उल्लेखनीय योगदान पुर्याएवापत उहालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।सम्मान ग्रहण गर्दै पूर्वअध्यक्ष मल्लीले संघले आफूले गरेको योगदान भन्दा पनि बढी सम्मान गरेको भन्दै उद्योग व्यवसायको प्रवद्र्धन र विकास विना मुलुकको आर्थिक विकास सम्भव नभएको भनाई राखेका थिए ।  मुलुकको आर्थिक विकासका लागि व्यवसायिक संस्थाहरूले पहल र पैरवी गर्नुपर्ने भनाइ राखे ।

संघको स्थापना दिवसकै अवसरमा मानव सेवा आश्रमलाई ५१ हजार रूपैंया आर्थिक सहयोग प्रदान गरिएको छ । त्यस्तै बुटवल उद्योग वाणिज्य संघको आयोजनामा भएको ओैद्योगिक व्यापार मेलामा योगदान गरेका फरक क्षमताका भरतराज केसी र डिल्लीराज कंडेललाई पनि सम्मान गरिएको थियो ।त्यसै अवसरमा बुटवल उद्योग वाणिज्य संघको आयोजनामा भएको ओैद्योगिक व्यापार मेलाका बारेमा अध्ययन गरेको लुम्बिनी बाणिज्य क्याम्पसले अध्ययन प्रतिवेदन संघलाई बुझाएको छ । उक्त अध्ययन प्रतिवेदन क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ र क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले संघका अध्यक्ष हरिप्रसाद अर्याललाई हस्तान्तरण गरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, संघका पूर्व वरिष्ठ उपाध्यक्ष रोहितराज क्षेत्री, रूपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारी, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?