ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

स्ववियु निर्वाचनको बढ्दो उत्साह

११ फाल्गुन २०८१, आइतबार
११ फाल्गुन २०८१, आइतबार

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि अहिले विद्यार्थीमाझ निर्वाचनको चहलपहल सुरु भएको छ । आगामी ५ चैतमा हुने चुनावका लागि संघ संगठन समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने छ । स्ववियु निर्वाचनले विद्यार्थीहरूमा उत्साह छाउनु स्वाभाविक छ । विद्यार्थीहरूमा राजनीतिक चेत र जागरण सिर्जना गर्न स्ववियू निर्वाचनको भूमिका महत्वपूर्ण हुन्छ । क्याम्पस तहबाटै राजनीति थालेका विद्यार्थी नेताहरूले देशको नेतृत्व गर्ने अवसर पाएका छन् । तसर्थ स्ववियू निर्वाचनलाई राजनीतिको आधारको रूपमा लिने गरिएको छ । स्ववियूमा राजनीति गरेका विद्यार्थीहरू सायदै पछाडी फर्किनु परेको छ । देशको राजनीतिक परिवर्तनमा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहँदै आएको सन्दर्भमा यो निर्वाचनले पनि देशको संघीय शासन व्यवस्थालाई अझै मजबुत गर्न सहयोग पुग्नेछ । युवा समृद्घ देशको आधारस्तम्भ हुन भने विद्यार्थी राजनीतिको आधारस्तम्भ हुन । अझ शिक्षा र युवा दुवैलाई समेटर हुने गतिविधिले धेरैको ध्यान तान्छ, स्ववियु चुनाव यस्तै एउटा मोड हो । विद्यार्थीको सरकार भनेर विश्वव्यापी मान्यता स्थापित गरेको यस्तो चुनाव शिक्षाका विभिन्न बेथितिहरूलाई सम्बोधन गर्दै विद्यार्थीको हकहित प्रत्याभूति गर्नेतर्फ केन्द्रित हुनुपर्दछ ।
विद्यार्थीमा राजनीतिक चेतना र जागरण फैलाउने काममा स्ववियूको ठूलो भूमिका रहन्छ । त्यसैपनि विद्यार्थीले गरेको आन्दोलनकै बलमा देशमा ठूला ठूला परिवर्तन भएका छन । विद्यार्थीले आन्दोलनमा साथ नदिएको भए २०४६ सालको परिवर्तन सायद संभव थिएन । त्यसैगरि २०६३ को लोकतान्त्रिक आन्दोलनमा पनि विद्यार्थीको भूमिका महत्वपूर्ण थियो । विद्यार्थीमा आन्दोलनको चेत भर्ने काम चाहिँ स्ववियूले गरेको हो भन्दा अत्युक्ति हुँदैन । तर, पछिल्लोसमय विद्यार्थीमा देखिएको शिथिलताले चिन्ता थपेको महसुस भएको छ । देशमा बिकृति विसंगति अनि शिक्षा क्षेत्र तहसनहस हुँदापनि विद्यार्थी आन्दोलित नहुनु चिन्ताको बिषय हो । देशका ज्वलन्त समस्यालाई लिएर विगतमा भएका विद्यार्थी आन्दोलनले एउटा दिशा निर्देश गथ्र्यो तर पछिल्लोसमय विद्यार्थी आन्दोलन शिथिल वन्दै गएको छ । यो चिन्ताको कुरा हो । अहिलेपनि विद्यार्थीहरू शैक्षिक क्षेत्रमा रहेको बिकृति र विसंगतिको कारण पीडित छन । शिक्षा क्षेत्र माफियाको चंगुलमा परेको छ । विद्यार्थी शोषित भएका छन तर बोलिदिने कोही विद्यार्थी संगठन छैन । अव त्यो जिम्मा र दायित्व स्ववियूले लिनुपर्दछ । शिक्षाले देशमा बस्ने र देशको सम्मान गर्ने नागरिक उत्पादन गरेको छैन् । विश्वविद्यालयहरूले अझैपनि उच्चस्तरका जनशक्ति उत्पादन गर्न नसकेको गुनासो सुन्नमा आईरहन्छ । उच्च शिक्षामा भएका विविध बेथिती अन्त्यको प्रत्याभूति गर्न स्ववियूको भूमिका सकारात्मक हुन सक्छ । स्ववियू निर्वाचनकै क्रममा विगतमा विद्यार्थीहरूकै बीच झडप, बादबिबाद र अस्थीर अवस्था सिर्जना भएको इतिहास छ । चैतमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुन सकोस् । विगतमा हुँदै आएका मनोमालिन्यको अवस्था अन्त्य गर्दै स्ववियूलाई विद्यार्थीको हितमा केन्द्रित गरियोस् । यसमा सवैको भूमिका सकारात्मक हुन सकोस् ।
स्ववियू निर्वाचनले विद्यार्थीहरूमाझ मनोमालिन्य होइन, स्वच्छ प्रतिष्पर्धामार्फत युगीन नेतृत्व चयन गर्ने आधार तयार गर्नुपर्दछ । देशमा रहेको बिकृति विसंगति फाल्ने काममा स्ववियू नेतृत्वले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । निश्चितरूपमा शिक्षा भनेको प्रमाणपत्रको थाकको भारी हैन, सोच र चेतनाको स्तर पनि हो । तसर्थ स्ववियूलाई विद्यार्थी जागरण र चेतनाको आधार वनाउनुपर्दछ । त्यस दिशामा बिद्यार्थीको भूमिका अघि बढोस् । शिक्षा सुधारको पहलकदमी स्ववियूबाट निर्वाचित नेतृत्वले गर्न तयार हुनुपर्दछ । खासगरी शिक्षाको गुणस्तर सुधारमा स्ववियू निर्वाचन कोसेढुंगा बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?