© २०२३
बुटवल, ११ फागुन ।
लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पीको आयोजनामा महिलाहरुको चुनौती र अवसर विषयमा तिलोत्तममा ड्राईभरटोलमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुर बुटवल ईजलासका न्यायाधीश किरण कुमारी गुप्ताले महिलाहरुको हकहितको लागि सबैजनाले न्यायिक क्षेत्रमा समेत बलियो उपस्थिति जनाउनुपर्ने बताइन् । लायन्स डिष्ट्रिक ३२५ के का गभर्नर निरा बज्राचार्यले महिलाहरुको सीप, क्षमता विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए ।
यस्तै बुटवल उपमहारनगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुको सशक्तीकरणको लागि स्थानीय पालिकाहरुले अवाज उठाउँदै आएको बताउँदै संविधान प्राप्तिसंगै देशको महत्वपूर्ण स्थानमा महिलाहरुको सहभागिता बढ्दै गएको बताएकी थिइन् ।
यस्तै नेपाली चलचित्र क्षेत्रकी नायिका आचल शर्माले कलामार्फत महिलाहरुको आवाज बुलन्द गर्नको लागि सबैले पहल गर्नुपर्ने र आफुले समेत महत्वपूर्ण भूमिका खेल्ने बताएकी थिईन् ।
कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पीका गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले महिलाहरुको समाज परिवर्तनमा सबैभन्दा ठुलो भूमिका रहने बताएका थिए । महिला उद्यमी तथा स्वाथ्यकर्मी सुरुची खड्का, पत्रकार भगवती पाण्डे, सामाजिक अभियान्ता मिना पन्थी र रचना क्षेत्रीलगायत प्यानलिष्टको रुपमा आआफ्नो भनाई राखेका थिए ।
कार्यक्रमको मोडिएटरको रुपमा भूमिका प्रविना घिमिरिले निर्वाह गरेकी थिईन् । एफ डब्लुसी कोर्डिनेर सुलोचना श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा एरिया ३ का एरिया चिफ शान्ती पाठक पाण्डेले कार्यक्रम होष्ट गरेका हुन् । कार्यक्रममा फष्ट भिडिजी बालाराम भट्टराई, सेकेन्ड भिडिजी सन्दीप कसौधन, पुर्व गभर्नर नवराज न्यौपानेले लगायतको सहभागिता रहेको थियो ।