ट्रेंडिंग:

>> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली

बुटवल उद्योग वाणिज्य संघले मनायो ७२ औं स्थापना दिवस

११ फाल्गुन २०८१, आइतबार
११ फाल्गुन २०८१, आइतबार

बुटवल ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ७२ औं स्थापना दिवस मनाएको छ । सोही अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल प्रचुर सम्भावना भएको देश भएको बताएका छन् ।

उनले नेपालका स्रोत साधनलाई प्रभावकारी रूपमा उपयोग गर्न सके आर्थिक विकासको ठूलो सम्भावना रहने बताए । आन्तरिक पँुजी परिचालन गरी आर्थिक समृद्धि गर्न सकिने र त्यसवाट रोजगार सृजना गरी बैदेशिक रोजगारमा जाने युवाहरुको संख्या घटाउन सकिने बताए ।

उनले विशेष गरी कृषि, जलविद्युत्, पर्यटन र उत्पादनमूलक उद्योगमा लगानी बढाउन सके रोजगारी सिर्जना गर्दै देशलाई आत्मनिर्भर बनाउन सकिने बताए । “हाम्रो स्रोत साधनलाई सही रूपमा प्रयोग गर्न सकियो भने आर्थिक समृद्धि असम्भव छैन”–उनले भने । नेपालमा अधिक मात्रामा सम्भावना छ भनेर प्रचार गर्नपनि जरुरी रहेको बताउदै ढकालले अगामी दिनमा संघले गर्ने सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा लगायत सबै बिषयमा संघसँग निरन्तर सहकार्यमा प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले संघको स्थापनाकालदेखि आर्थिक, सामाजिक र भौतिक विकासमा महत्वपूर्ण भूमिका रहेको जानकारी गराए । उनले संघका गतिबिधि दस्ताबेजीकरणका लागि पनि पत्रकारहरुसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने बताए ।

अर्यालले बिगतमा बिभिन्न कारण आर्थिक संकटमा परेका उद्योगहरुलाई सञ्चालनमा ल्याउन तिनै तहको सरकारसँग आवश्यक समन्वय गर्ने बताए । उनका अनुसार, संघले शिक्षाका क्षेत्रमा लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, तथा बुटवल बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माणमा सहयोग गरेको छ । स्वास्थ्य क्षेत्रमा आम्दा अस्पताल तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति भवन निर्माणमा पनि संघले लगानी गरेको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संघको गौरवमय इतिहास रहेको उल्लेख गर्दै यसले उद्योग व्यवसाय प्रवद्र्धन तथा स्थानीय आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याएको बताए । उनले पछिल्लो समय बुटवलमा विज्ञापन बोर्ड करबारे विवाद उत्पन्न भएको जानकारी दिँदै यदि मापदण्डभन्दा बढी शुल्क लिइएको भए कारबाही गरिने बताए ।

त्यस्तै, नगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले राजस्व परामर्श समितिको सुझाव अनुसार मात्र करसम्बन्धी निर्णय लिइने बताउँदै यस्ता विषयमा छलफल तथा सुधार गर्न तयार रहेको बताइन् ।

संस्थापक पूर्वअध्यक्ष कुशप्रसाद मल्लीलाई संघको उन्नयनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै उनले व्यवसाय प्रवद्र्धन र आर्थिक विकासबिना मुलुक समृद्ध हुन नसक्ने बताए । संघको स्थापना दिवसकै अवसरमा मानव सेवा आश्रमलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो । साथै, औद्योगिक व्यापार मेलामा विशेष योगदान दिने फरक क्षमताका भरतराज केसी र डिल्लीराज कंडेललाई सम्मान गरिएको थियो ।

त्यसै अवसरमा लुम्बिनी वाणिज्य क्याम्पसले औद्योगिक व्यापार मेलाबारे अध्ययन गरेको प्रतिवेदन संघलाई हस्तान्तरण गरेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराएका थिए । कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे लगायतका व्यक्तिहरूले शुभकामना व्यक्त गरे।

संघका पदाधिकारीहरूले निजी क्षेत्र र सरकारबीच सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमका वक्ताहरूले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू भए पनि लगानीकर्तालाई आकर्षित गर्ने नीति आवश्यक रहेको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?