ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पाल्पाको चिलात्दी–राम्दी सडकः चुनावमा पक्की, अरूबेला हिलो–धूलो

२०५७/०५८ सालमा हातमा ठेला पारेर जनताले खनेको सडकले कालोपत्रेको रूप लिन सकेको छैन । आफ्नो घरै नजिकैबाट मोटर गुडेको देख्नेर हेर्नेरहर त पुरा गरेका स्थानीय वर्षादमा हिलाम्यर हिउँदमा धुलाम्य यात्राको जोखिम खेपिरहेका छन् ।
११ फाल्गुन २०८१, आइतबार
११ फाल्गुन २०८१, आइतबार

पाल्पा, ११ फागुन ।
वगनासकाली गाउँपालिकाका दर्लाम डाँडाकारेवन्त बहादुर घर्ती उमेरका हिसाबले झण्डै चार दशक पुरा गरे । आफ्नो गाउँ बस्तीलाई सडक संजालले जोड्दा आफ्नो हातमा ठेला परुन्जली खनेको मेहनतले २०५७/५८ साल बाट जसो तसो सार्थकता पाएको थियो । आफ्नो घरै नजिकैबाट मोटर गुडेको देख्नेर हेर्नेरहर त पुरा भयो । वर्षादमा हिलाम्यर हिउदँमा धुलाम्य हुने सडक कालोपत्रे भएको देख्नेर हेर्नेरहर भने अधुरो नैरहेको उनी बताउँछन् ।यो जिल्लाको उत्तरी क्षेत्र बराड्डदीर चापपानी, दर्लाम डाँडा जोड्ने मोटर बाटोको स्थानीय जनताको श्रमदान, स्थानीय वन समूह, तत्कालीन समयको गाउँ बिकास समिति, जिल्ला बिकास समितिको आर्थिक व्यवस्थापनमा २०५८ सालमा ट्रयाक खुलेको सडक हो । सडकको स्तरोन्नतीका लागि ठेक्का टेण्डर भएको वर्षाैंसम्म पूरा नहुँदा घर्ती जस्ता सयौं स्थानीयलाई आफ्नो गाउँको मुख्य मोटर बाटो कालोपत्रे पूरा हुनेमा विश्वास लाग्न छाडेको छ ।

हाल वगनासकाली साविकको चिलाड्डदी भज्याड्डदेखि बराड्डदी हुँदै चापपानी बाट दर्लामडाँडासम्म जोड्ने धुलाम्यर हिलाम्य सडकको स्तरोन्नतीका लागि पटक–पटक तत्कालिन समयमा जिल्ला बिकास समितिको जिल्ला समन्वयमा पटक पटक छलफलर बहश भयो । ट्रयाक खुलेको १५ वर्षपछि मात्रै स्तरोन्नती थालिएको चापपानीका स्थानीय तथा सामाजिक अभियान्ता यामलाल तिमिल्सिना बताउँछन् । सबै निकायको आर्थिक तथा भौतिक लगानीमा ट्रयाक त खुल्यो ।
कालोपत्रे गर्न तत्कालिन जिल्ला बिकास समिती मार्फत, जिल्ला प्राविधिककोरेखदेखर बिश्व बैकको ऋण सहयोगमा ८ करोड , ३१ लाख रूपैयामा एस .एन .आर. टि.पी परियोजना बाट कालोपत्रेका लागि वाइ. पि.जयरक्त काली जे.भी. निर्माण कम्पनी संग २०७४ सालको पुष २०गते कालो पत्रे सक्ने गरी २०७३ साल असोज ४ गते ठेक्का संझौता भएको थियो ।

भगवान भण्डारी
अध्यक्ष, सडक उपभोक्ता समिति

धुलाम्यर हिलाम्य हुने सडक कालो भएको सडकमा सदरमुकाम तानसेन बाट मोटर चढेर गाउँमा पुग्ने मनमा आकांक्षा पालना स्थानिय गरेका स्थानियहरूलाई कालो पत्रे गर्न अतिख्यारी प्राप्त निमार्ण कम्पनीले बाहाना वाजी गरेको कारण आफनो आकांक्षा पुरा हुनेमा आशावादी नभएको दर्लामडाडाकी मनमाया गैरे बताउँछिन् । जम्मा आठ किलोमिटरको सडक हो चिलाड्डदीदेखि दर्लामडाडाबाट सिद्धार्थराजमार्गकोराम्दी जोडने सडक । सडकमा टेवा पर्खाल निर्माण, नाली निर्माण, गर्दै कालो पत्रे गर्ने हो । सरासर गर्दा ६ महिनाको अवधिमा पुरा हुनसक्छ । तर निर्माण कम्पनीले चिलाड्डदी भज्याड्डदेखि चापपानीको गेझासम्म गरेको कालो पत्रे उक्कीएर कच्ची जस्तै भएको छ ।

निर्माण कम्पनीले पटक पटक गरेको ठेक्का संझौता अनुरूप काम गर्ने प्रतिवद्धता जनाउदै आठ पटक म्याद थप गरेको तर दुई वर्ष यता निर्माण कम्पनी नै सम्पर्क विहीनी नै भएको स्थानियहरू बताउँछन् । निर्माण कम्पनीलाई काम गराउने जिम्बेबारी प्राप्त निकायले खुल्ला छोडिदिदा यस्तो समस्या आएको, पहिला त निर्माण जन्य सामग्रीको समस्या देखाउदै काममा ढिला ग¥यो त्यो पनि स्थानियले समाधान गरिदने प्रतिवद्धता जनाए तर पनि भएन । यस सडकको प्रविधिकरेखदेख गर्नररकम भुक्तानी गर्न अख्तियार प्राप्त कार्यालयले आफनो कर्तव्यलाई पालना नगर्दा निर्माण कम्पनी वेपता भएको स्थानियहरू बताउँछन् ।

राजनैतिक दलको चुनावी घोषण पत्रमा यो सडक सधैव प्राथमिकता भित्र पर्दछ । चुनाव जितेका जनप्रतिनिधीको चुनावपछि निर्माण कम्पनीलाई काम गराउने वा ठेक्का तोडेर नया कम्पनीलाई कामको जिम्मा दिने भन्ने विषय प्राथमिकतामा पर्न नसक्दा निर्माण कम्पनीको दादागरी नै भएको स्थानीय संचारकर्मी भोजराज तिमिल्सिना बताउँछन् ।
सडक पूर्वाधार कार्यालयका प्रमुख बासुदेव भण्डारी भन्दछन्, काम नै नगर्ने निर्माण कम्पनी होरहेछ । यो पटक पटक ताकेता गर्दासम्म सम्पर्कमा आउन नखोज्ने यस्तालाई पहिला नै ठेक्का तोड्ने प्रक्रियामा जानुपर्ने थियो । यस्तो नगर्दा सबैलाई टाउको दुखाईको विषय भयो । यस पटक मन्त्रालयसँग समन्वय भएकोर त्यसबाट ठेक्का तोड्ने प्रकृया अगाडि बढने उनले बताए । गत वर्ष भौतिक पूर्वाधार मन्त्रालयमा काम गर्ने प्रतिवद्धता जनापछि म्याद थप भएको तर काम हुन सकेको छैन् । ठेकेदारले सडक निर्माणका आवश्यक सामग्री गुल्म्मीमा भाडामा लगाएका कारण काम नभएको सडक उपभोक्ता समितीका अध्यक्ष भगवान भण्डारी बताउँछन् ।

त्यो सामाग्री यहाँ ल्याउन महाभारतको लडाई लडन जस्तै भएको उनले बताए । पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुदैनन् । यसमा सम्बन्धित निकाय बढि जिम्बेबारी हुन नसक्दा समस्या आएको उनको बुझाईरहेको छ । काम सकिएको छैनरनिड्ड विलको आधरमा भुक्तानी पाउने हो । पहिला गरेको कालोपत्र पनि उक्किएकोर बाटो कच्ची जस्तै भयो । कम्पनी सम्पर्क विहीन छ । स्थानियले सधै आफुलाई झकझक्याउँछन् । आफूले सडक पूर्वाधारदेखि मन्त्रालयसम्म पटक पटक ताकेता गरेकोर समाधानको बाटो नभेटिएको अध्यक्ष भण्डारी बताउँछन् ।यस सडक खण्डको विषयमा स्थानिय निकाय देखि प्रदेश हुँदै संघीय तहका जनप्रतिनिधी समेत अनविज्ञ छैनन् । कही कतैबाट सम्भव नदेखेर स्थानियहरूको हस्ताक्षर संकलन गरेर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकार्षण पत्र बुझाएको स्थानीय सरकारका प्रतिनिधी तथा स्थानीय बासिन्दा ठानेश्वर तिमिल्सिना बताउँछन् ।

काम नर्गर्ने निर्माण व्यवसायीको ठेक्का संझौतारद्द तथा वदर गर्न वा तोड्न बैंक ग्यारेटीकोरोक्कादेखि धेरै काम गर्नु पर्दछ । त्यस्तो गर्न कार्यालय प्रमुखले झन्झट ठान्ने अर्कोतर्फ कामको पुन मूल्यांकन गर्नु पर्दारकम थप गर्नुपर्ने हुन्छ ।
तर थपरकम निकासा हुने वा नहुने ग्यारेटी नहुदा कार्यालय प्रमुखलाई पुरानै निर्माण व्यवसायीलाई फकाएर काम गराउनुको कुनै विकल्प नै नभएको भौतिक पूर्वाधार मन्त्रालयका एक प्राविधिकले बताए ।प्रदेश सरकारले ठेक्का तोड्नुपर्नेर बाँकी कामका लागि नपुग हुनेरकमको स्रोेत सुनिश्चित गरी यस क्षेत्रको जनताको मागलाई सम्बोधन गर्नुपर्ने वगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी बताउँछिन् ।

जिल्लामा प्रदेश सरकारको योजना मध्ये यो प्रदेश सरकार भन्दा जेठोर जिर्ण सडक योजना भएका कारण ठेक्का तोडिने प्रकृयामा पुग्न लागेको निर्देशनालयले जनाएको छ । ठेक्का तोडीनु भन्दा पुरानो कम्पनीबाट नयाँ व्यक्तीले कामलाई अगाडि बढाउने प्रस्ताव पनि आएकोर त्यस्ता प्रस्तावको वास्ता नै नगरेको सम्बद्ध प्राविधिकहरू बताउँछन् ।भौतिक पूर्वाधार मन्त्रालयका एक प्राविधिकले बताए ।प्रदेश सरकारले ठेक्का तोड्नुपर्नेर बाँकी कामका लागि नपुग हुनेरकमको स्रोेत सुनिश्चित गरी यस क्षेत्रको जनताको मागलाई सम्बोधन गर्नुपर्ने वगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी बताउँछिन् ।जिल्लामा प्रदेश सरकारको योजना मध्ये यो प्रदेश सरकार भन्दा जेठोर जिर्ण सडक योजना भएका कारण ठेक्का तोडिने प्रकृयामा पुग्न लागेको निर्देशनालयले जनाएको छ । ठेक्का तोडीनु भन्दा पुरानो कम्पनीबाट नयाँ व्यक्तीले कामलाई अगाडि बढाउने प्रस्ताव पनि आएकोर त्यस्ता प्रस्तावको वास्ता नै नगरेको सम्बद्ध प्राविधिकहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?