Butwal Today

पाकिस्तानले टस जित्यो, भारतले पहिला बलिङ गर्ने

११ फाल्गुन २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुँदै छ।दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। योसँगै भारतले पहिला बलिङ गर्ने भएको छ।

यस खेलमा पाकिस्तानले पछिल्लो खेलमा खेलेको टिममा एक परिवर्तन गरेको छ। पाकिस्तानले फखर जमानको स्थानमा इमाम उल हकलाई समावेश गरेको छ। त्यस्तै भारतले भने पछिल्लो खेलमा खेलेकै टिमलाई आज खेलाएको छ।

जारी च्याम्पियन्स ट्रफीमा भारतले पहिलो खेल जितेको छ भने पाकिस्तानले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो।