© २०२३
बुटवल, ११ फागुन ।
बुटवलमा सम्पन्न दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१ मा उपाधि विजेता स्कलर्स होम बोर्डिङ स्कुलको टिमलाई सम्मान तथा विजयी रयाली गरिएको छ । विद्यालय परिसरमा गरिएको सम्मान कार्यक्रममा बुटवल वडा नं ९ का वडा अध्यक्ष प्रदिप श्रेष्ठ, सदस्य भरत पुरी, विद्यालयका प्राचार्य बाबुराम बन्जाडे, प्लस टु ईन्चार्ज चेतनारायण पन्थी, प्रशासन प्रमुख राजु भण्डारीले विजेता खेलाडीहरुलाई खादा, अबिर लगाएर सम्मान गरेका हुन ।
साथै विजयी टिमसहित विद्यार्थीहरुको रयाली कालिकापथमा परिक्रमा गरिएको थियो । शनिबार भएको फाईनलमा न्यू होराईजन माबिलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै स्कलर्स होमले नगद एक लाख रुपैया, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा स्कलर्स होमका सुसान्त सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरि नबिन मस्र्यागी उत्कृष्ट गोलकिपर, क्याप्टेन सन्जु थापा उत्कृष्ट डिफेन्स, सुमित पुलामी उत्कृष्ट स्टाईकरबाट पुरस्कृत भए । प्रतियोगितामा छात्रतर्फ २५ तथा छात्रातर्फ १० टिमले प्रतिस्प्रर्धा गरेका थिए ।