© २०२३
बुटवल, ११ फागुन ।
बुटवलमा सम्पन्न जिपि कोईराला स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न महिला भलिबल रनिङशिल्ड प्रतियोगिताको उपाधि उजिरसिह माबिले चुमेको छ । सिद्घेश्वर खेलमैदानमा आईतबार भएको फाईनलमा उजिरसिहले न्यु नमुना ईगलिस बोर्डिङ स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै उजिरसिह रनिङशिल्ड, नगद २५ हजार रुपैया, कप, मेडल,प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता न्यु नमुना ईगलिस बोर्डिङ स्कुल भने नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा शान्ति नमुना माबि तेस्रो हुदै १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा सिद्घार्थ गौतम बुद्घ क्याम्पस सान्त्वना हुदै १० हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भयो । प्रतियोगितामा न्यु नमुनाकी सृजना सारु मगर अनुशासित खेलाडी तथा उजिरसिहकी पुजा सेन ठकुरी उत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भईन ।
सिद्घेश्वर खेलमैदानमा भएको फाईनल खेलमा उजिरसिह माबिले पहिलो सेट २५–८ को अंकले आफ्नो कब्जामा राख्यो । निर्णायक दोस्रो सेट पनि उजिरसिह २५–१४ अंकसहित जित निकाल्दै उपाधि कब्जा गरेको छ ।
एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष बालकुमारी भण्डारी, काजिमान श्रेष्ठ, संयोजक बाबुराम बिकले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ११ वटा विद्यालयहरुले भाग लिएको
प्राविधिक सदस्य यमप्रसाद श्रेष्ठले बताए ।