ट्रेंडिंग:

>> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

शाइन रेसुंगा बैंक १७ बर्षमा निक्षेप ६९ अर्ब ७२ करोड

११ फाल्गुन २०८१, आइतबार
११ फाल्गुन २०८१, आइतबार

बुटवल, ११ फागुन ।
काठमाण्डौ बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’बर्गको एक मात्रै विकास बैंक साईन रेसुङ्गा डेभलपमेन्ट बैंक १७ औ बर्षमा प्रवेश गरेको छ । बिहान ७ बजे कालिकानगरस्थित प्रधान कार्यालयबाट मणिग्रामसम्म राष्ट्रियस्तरको १० किलोमिटर दौड प्रतियोगिता आयोजना गर्दैछ ।तीन विधामा हुने उक्त दौड प्रतियोगिताका विजेता–उपविजेताका लागि ५ लाख रूपैयां पुरस्कार राशी रहेको छ । यस्तै दिउसो २ बजे ड्रिमल्याण्ड रिसोर्ट मणिग्राममा शाइन आर्थिक पत्रकारिता पुरस्कार वितरण,उत्कृष्ट शाखा र कर्मचारी सम्मान लगायत कार्यक्रम हुने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । बैंकको अधिकृत पूँजी रु ८ अर्व, जारी पुंजी ४ अर्व ८७ करोड र चुक्ता पूँजी पनि ४ अर्व ८७ करोड रहेको छ ।
२०८१ पौष मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार निक्षेप संकलन रु. ६९ अर्ब ७२ करोड (बचत निक्षेप ३६.९३ प्रतिशत, मुद्धती निक्षेप ५६.७४ प्रतिशत, कल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको छ ।

कर्जा लगानीतर्फ रु. ५७ अर्ब ४९ करोड रहेको छ । जसमा ब्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५.९१ प्रतिशत, आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, उपभोग्य कर्जा २०.३५ प्रतिशत, हायरपर्चेज कर्जा १.४८ प्रतिशत रहेको छ भने अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकले आर्थिक बर्षमा २०८०/०८१ मा ब्याजकर, पारिश्रमिक कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ रु. ३५ करोड ५७ लाख ८० हजार, आयकर तर्फ रु. ३७ करोड ०६ लाख ६६ हजार गरी कुल रु ७२ करोड ६४ लाख ४६ हजार सरकारी कोषमा जम्मा गरेको छ । चालु आ.व. २०८१÷८२ को पौष मसान्त सम्म अग्रिम आयकर तर्फ रु १७ करोड ९८ लाख ७३ हजार र ब्याजकर, पारिश्रमिक कर, लाभांश कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ रु. १६ करोड ९३ लाख ६४ हजार गरी कूल ३४ करोड ९२ लाख ३७ हजार जम्मा गरिएको छ ।बैंकमा ९७० जना कर्मचारी छन् । बैंकले आर्थिक बर्ष २०८०/०८१ मा इण्डियन च्याम्बर अफ कमर्सवाट आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, बेस्ट पर्फमेन्स अन ग्रोथ र बेस्ट बैंक शिर्षकमा रनर उपाधिबाट सम्मानित
भएको थियो । यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा नेसनल बेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट र न्यु बिजनेश एज प्रा.लि. वाट बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इअर २०२४ वाट सम्मानित भएको थियो ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा बृद्धि गर्ने, कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामिण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरूमा लगानी बिस्तार गर्ने, डिजिटल कारोवारलाई थप सुरक्षित र भरपर्दो बनाउदै उत्कृष्ट विकास बैंक बन्ने लक्ष्य सहित अघि बढेको बताए । ‘नेपाल राष्ट्र बैंकको मार्गदर्शन अन्तर्गत रही लुम्बिनी प्रदेशलाई मुख्य आधार/केन्द्र बनाई शाखा विस्तार गर्दै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा छौं,इथिकल बैंकिङ्ग, संस्थागत सुशासन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र प्रुडेन्ट बैंकिङ्गमा हामी पूर्णरूपमा प्रतिबद्ध छौं’–बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?