ट्रेंडिंग:

>> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए

रोटरी डेमा बुटवलमा विविध कार्यक्रम

११ फाल्गुन २०८१, आइतबार
११ फाल्गुन २०८१, आइतबार

बुटवल, ११ फागुन ।
रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ अन्तर्गतका रोटरी क्लबहरूले रोटरी दिवस सामूहिक रूपमा मनाउने भएका छन । रिजन ५ अन्तर्गतका ३७ क्लबहरूको आयोजनामा २३ फेब्रुअरी आईतबार सम्पदा वाक हेरिटेज राईड तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने भएको हो ।शनिबार पत्रकार सम्मेलन गरि रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले समुदायमा रोटरीको आफनो छुट्टै पहिचान रहेको बताए । रिजन ५ अन्तर्गत रहेका ३७ क्लबहरूको संयुक्त आयोजनामा आईतबार बिहान गणेशथानदेखि जितगढिसम्म हेरिटेड राईड कार्यक्रम गर्ने तयारी भएको बताए । रोटरी क्लबहरूबीचमा रहेको एकतामार्फत संस्कृति जर्गेनाको सन्देश दिने गरि कार्यक्रम गर्न लागेको उनले बताए । रोटरीमार्फत साक्षरता अभियान हुँदै पछिल्लोसमय प्रविधिमैत्री शिक्षा दिने गरि कम्प्युटर ल्याब सहयोगसम्मको कार्यक्रम गर्दै आएको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ सिद्धार्थ लुम्बिनीका अध्यक्ष तथा कार्यक्रम संयोजक ओम जैसीले समाजसेवाको मुलमन्त्र बोकेको रोटरी भाईचारा र नेतृत्व विकास गर्न मद्यत मिल्ने गरि काम गर्दै आएको बताए । समुदायस्तरमा सचेतनामुलक कार्यक्रम, शिक्षाका परियोजना, स्वस्थ्य परियोजना र खानेपानीका धेरै कामहरू सफल रहेको उनले बताए । बुटवलमा रोटरीमार्फत गौतमबुद्घ मुटु अस्पताल स्थापना गरेर धेरै बिरामीहरूको सेवा गर्न सफल भएको भन्दै उनले मृगौला बिरामीलाई डाइलासिस र मुटु बिरामीलाई क्याथ ल्याब जस्ता सुबिधाहरू दिन सफल रहेको उनले बताए ।कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष शिव ज्ञवालीले रोटरीको कामप्रति आम नागरिकको बुझाइ सकारात्मक रहेको बताए । यस क्षेत्रका रोटरीयनहरूबाट नमुना सामूहिक परियोजना ल्याउन सफल भएको भन्दै उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नेपालमा नै उत्कृष्ट काम भएको बताए । ग्रामिण क्षेत्रका महिलाहरूलाई शसक्तिकरण गर्ने गरि आयमुलक तालिममा आवद्धता गराउन सफल भएको उनले बताए । समुदायमा धेरै काम गरेको भएपनि त्यो बाहिर आउन नसकेको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ रूपन्देहीका अध्यक्ष प्रमोद पन्थीले रोटरी भिलेज घोषणा गरि त्यो क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधार गर्नेसम्मका काम गर्दै आएको छ । यसैगरि रोटा इयर २०÷२५ मा शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण लगायतका क्षेत्रमा गरिएको कार्यक्रमबारे प्रकाश पारे । कार्यक्रममा रोटरी क्लब अफ क्यापिटल बुटवल का अध्यक्ष विजय खनाल, रोटरी क्लब अफ बुुटवल सेन्ट्रल बुटवलका अध्यक्ष दिनेश रेग्मीले बालबालिका र मातृत्वमा समेत योगदान दिँदै आएको बताए । पछिल्लोसमय शहरमा सुविधासम्पन्न सडक बनेको तर ट्वाईलेटको अभाव हुदा त्यसमा अबको योजना ल्याउनुपर्ने उनले बताए । रिजन ५ अन्तर्गतको कावासोसीदेखि धनगढीसम्मको एरिया पर्छ । डिष्ट्रिक अन्तरगत नेपालका रहेका १४४ वटा क्लबहरूले आफ्ना गतिविधि गर्दै आएका छन भने २०८ वटा राष्ट्रमा रोटरी स्थापना भएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?