Butwal Today

नवजीवन युवा क्लबको तेह्रौं साधारणसभामा अध्यक्ष सन्तोष

११ फाल्गुन २०८१, आइतबार
अ+
अ-

श्री नवजीवन युवा क्लबको तेह्रौं साधारणसभा एवं पाँचौं अधिवेशन कार्यक्रम सर्वसम्मत तरिकामा सम्पन्न भएको छ। कार्यक्रमबाट सन्तोष भण्डारी अध्यक्ष, सागर गैरे उपाध्यक्ष, रामु बस्याल सचिव, कोषाध्यक्ष कोपिला ज्ञवाली, सह-सचिव स्भोज बहादुर थापा, र सदस्यहरूमा क्रमशः संजय सुनार, मनिष तामाङ, विष्णु देवी अर्घाली मगर, ईषा मल्ल, मनोज कुँवर, कमल थापा चयन भएका छन्।

कार्यक्रममा सफल कार्यकालको शुभकामना टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, संस्थाका संस्थापक अध्यक्ष, साथै पूर्व सचिव बर्दघाट नगरपालिका वडा नं. ४ का जनप्रतिनिधि लगायत समाजसेवीहरूले व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष लाल बहादुर भट्टराईले गरेका थिए। प्रमुख अतिथि बर्दघाट नगरपालिका वडा सदस्य र नगर कार्यपालिका सदस्य श्री मन्जु चालिसे, विशेष अतिथि संस्थापक अध्यक्ष शिव चालिसे, जनप्रतिनिधि जनक बहादुर रावल र अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाका संस्थापक सचिव श्री पूर्ण बहादुर थापाले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?