Butwal Today
जी पी कोईराला स्मृति प्रतिष्ठानद्धारा महिला भलिबल प्रतियोगिता

शान्ति नमुना माबि, उजिरसिह माबि र न्यु नमुना सेमीफाईनलमा प्रवेश

१० फाल्गुन २०८१, शनिबार
अ+
अ-

बुटवल, १० फागुन ।
जी पी कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा बुटवलमा शुरु भएको महिला भलिबल प्रतियोगितामा सामुदायिकतर्फ शान्ति नमुना माबि, उजिरसिह माबि तथा संस्थागततर्फ न्यु नमुना बोर्डिङ स्कुल सेमीफाईनलमा प्रवेश गरेका छन । सिद्धेश्वरी माविको खेल मैदानमा शनिबार भएको प्रतियोगितामा समुह चरणको खेलमा विजयी हुदै शान्ति, उजिरसिह र न्यु नमुना अन्तिम चारमा स्थान बनाएका हुन ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गर्दै छात्रा भलिबल प्रतियोगितासहित अन्य धेरै सहयोग गर्दै आएको बताए । विकास निर्माणमा बुटवल उपमहानगरपालिका अगाडी रहेको भन्दै उनले यसको लागि सबैले साथ र सहयोग गर्नुपर्ने बताए । कतिपय पार्टी भित्रबाट नै राम्रा कामको समेत विरोध भएको भन्दै उनले विरोधको लागि विरोध गर्ने पारिपार्टी बन्द गरी गुण र दोषको आधारमा सर्मथन र विरोध गर्न आवश्यक रहेको बताए ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले २० हजार, तेस्रोले १५ हजार सान्तवना स्थान प्राप्त गर्नेले १० हजार प्राप्त गर्ने अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडी र अनुशासित खेलाडीलाई समेत नगद १ हजार ५ सय सहित पुरस्कृत गरिने छ ।

प्रतियोगिता शुभारम्भ कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, काजिमान श्रेष्ठ लगायतले खेल विकासमा युवाहरुको अग्रसरता रहने बताए ।
प्रतियोगिता अन्तरगत आईतबार संस्थागततर्फ त्रिभुवन एकेडेमी र सिद्धार्थ कलेजका बिचमा क्वाटरफाईनल खेल हुने खेल प्राविधिक यम प्रसाद श्रेष्ठले बताए । प्रतियोगितामा विभिन्न विद्यालयका १२ टिमहरुले भाग लिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?