ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

लखन कप फुटबलको उपाधि चौघेरा स्पोर्ट्स एकेडेमीले जित्यो

१० फाल्गुन २०८१, शनिबार
१० फाल्गुन २०८१, शनिबार
दाङ, १० फागुन ।
प्रथम शहीद लखन थापा मगर कप फुटबलको उपाधि चौघेरा स्पोर्ट्स एकेडेमीले जितेको छ ।
नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा घोराहीमा शनिबार भएको फाईनलमा बिएफएललाई २–० गोलले पराजित गर्दै चौघेरा स्पोर्ट्स एकेडेमीले उपाधि उचालेको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा भएको फाईनल खेलमा पहिलो हाफ गोलरहित भएपनि दोस्रो हाफमा चौघेरा स्पोर्ट्स एकेडेमीले २ गोल गर्दै उपाधि उचालेको हो । टीमलाई जीत दिलाउन दुवै गोल सागर पुनले गरे  ।
बिएफएलले पाएको मौकालाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्दै उपविजेता बनेको छ । बिएफएलका खेलाडीले प्रहार गरेको बल बार र पोष्टमा लागेर चार पटक फर्किएको थियो ।
प्रतियोगितामा विजेता बनेको चौघेरा स्पोर्ट्स एकेडेमीले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता भएको बिएफएलले पनि नगद पचास हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार मगर दिवसका दिन फागुन १५ गते प्रदान गरिने प्रतियोगिता सहसंयोजक अशोक घर्तीले जनाए  । यसैगरी विधागत उत्कृष्ट खेलाडीलाई पनि उक्त दिन पुरस्कृत गरिने आयोजकको भनाई छ ।
टीमलाई जीत दिलाउन महत्वपूर्ण भुमिका खेल्नुभएका चौघेरा स्पोर्ट्स एकेडेमीका सागर पुन प्लेयर अफ द म्याच भए ।
यसअघि चौघेरा स्पोर्ट्स एकेडेमीले युएनबीसीलाई ४–१ गोल अन्तरले तथा दोस्रो सेमीफाईनलमा बिएफएलले नवलपुर फुटबल एकेडेमीलाई १–० गोलले हराउँदै फाईनलमा प्रवेश गरेका थिए ।
प्रतियोगितामा दाङसहित सल्यान, रोल्पाका गरी कुल १६ टीमको सहभागीता रहेको संयोजक घर्तीले बताए ।
शहीद थापा मगरको स्मृति दिवसको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भन्दै आयोजक नेपाल मगर संघले खेलकुदको विकाससँगै शहीदको सम्मानका लागि कार्यक्रम आयोजना गरेको जनाएको छ । अब फागुन १५ गते मगर दिवसका अवसरमा नेपाल संघ जिल्ला समन्वय समितिको परिसरमा एक समारोह बीच   खेलाडीहरुलाई पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?