© 2026
देवदह, १० फागुन ।
मातृभाषा संरक्षण, सम्वद्र्धन गर्ने गरी नीति निर्माण गर्न नगरपालिका तयार रहेको देवदह नगरपालिकाका नगरप्रमुख धु्रवप्रसाद खरेलले बताएका छन । स्थानीय तहले प्रकाशन गर्ने स्थानीय पाठ्यक्रममा मातृभाषालाई समेट्न आवश्यक रहेकोमा नगरप्रमुख खरेलले जोड दिए । देवदह मदरटङ्गस एकेडेमीले २५ औं अन्र्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजना गरेको मातृभाषा संरक्षणमा स्थानीय सरकारको भूमिका र देवदह मदरटङ्गस एकेडेमीको योगदान विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मातृभाषा संरक्षणको लागि नगरपालिकामा लागेर नहुने भन्दै सबैजना आआफनो स्थानबाट लाग्नुपर्ने गर्ने भन्दै उनले मातृभाषा संरक्षण, सम्वद्र्धनमा देवदह मदरटङ्गस एकेडेमीको भूमिका महत्वपूर्ण रहेको बताउँदै देवदह मदरटङ्गस एकेडेमीलाई मातृभाषाको शिक्षक/शिक्षिका उत्पादन गर्ने केन्द्रको रूपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिए ।मानविय र आर्थिक विकास नभई देशको विकास विकास हुन नसक्ने उनले जिकिर गरे । कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले सम्पूर्ण भाषा, धर्म, संस्कृति देशको सम्पति भएको बताईन । उनले मातृभाषालाई पर्यटन संग पनि जोडेर लैजान सके यसको संरक्षण, सम्वद्र्धन हुने बताउँदै भाषा, संस्कार, संस्कृतिको संरक्षणले मात्र जातीय पहिचान कायम हुने उल्लेख गरिन ।
त्यस्तै नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर विरकट्टाले पछिल्लो समय मातृभाषा लोप हुने अवस्थामा रहेको बताउँदै मातृभाषा संरक्षण र सम्वद्र्धनको लागि स्थानीय तहले बजेटको व्यवस्था गर्नुपर्ने बताए ।
देवदह मदरटङ्गस एकेडेमी विद्यालय सहयोग समितिका अध्यक्ष वसन्त दहाल, नगर प्रवक्ता गणेश डुम्रे, मातृभाषा सोधकर्ता ताराप्रसाद पोखरेल, निर्मल ढुगाना, निर्मल थापा, माधव रिमाल, मिना श्रेष्ठ, कृष्णप्रसाद गैरे, बोधराज गौडेल, कुशल श्रेष्ठ, सुरेन्द्र चौधरी, विनोद थापा, विष्णु पोखरेल, तिलोचन दहाल, अर्जुन गैरे, धनलाल सुवेदी लगायतले बोल्दै मातृभाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याउन सकेमात्र संरक्षण, सम्वद्र्धन हुने बताएका थिए । विष्णु गुरुङ्गले मातृभाषा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।