ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

लुम्बिनी प्रादेशिक अस्पतालको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम : फुटबल र भलिबल सम्पन्न

१० फाल्गुन २०८१, शनिबार
१० फाल्गुन २०८१, शनिबार

बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवसका अवसरमा आयोजिता सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबार फुटबल तथा भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । प्रहरी तालिम केन्द्र बुटवलमा अवस्थित खेल मैदानमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि चिकित्सक समुहले हात पारेको छ भने भलिबल प्रतियोगिताको उपाधि प्रशासन समुहले हात पारेको छ ।

फुटबल प्रतियोगितामा चिकित्सक समुहले प्रशासन समुहलाई ५-० गोल अन्तरले पराजित गरेको हो । जितका लागि चिकित्सक समुहका डा. विनय केसी र डा. सुरज केसीले २-२ गोल गरेका थिए भने डा. उत्सव रेग्मीले १ गोल गरेका थिए । यसैगरी भलिबलमा प्रशासन समुहले प्रयोगशाला समुहलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्माचारीहरु बीच विभिन्न समूह चरणका खेलबाट चिकित्सक र प्रशासन समूह फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा रेफ्रीलाई बल हस्तान्तरण गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई तथा मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले शुभकामना व्यक्त गरेका थिए । स्थापना दिवसका अवसरमा यसअघि सम्पन्न क्रिकेट प्रतियोगितामा चिकित्सक समुहले प्रशासन समुहलाई पराजित गरेको थियो ।

अतिरिक्त क्रियाकलाप अन्तरगत अस्पतालमा फलफुल वितरण तथा म्याराथन प्रतियोगिता समेत गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजन केसीले जानकारी दिए । ११५ औँ स्थापना दिवसको अवसरमा ११५ जनाबाट रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको उनले जानकारी दिए । पत्रकारसँगको मैत्रीपूर्ण फुटबलमा अस्पताल विजयी लुम्बिनी प्रादेशिक अस्पताल र नेपाल पत्रकार महासंघ रुपन्देही शाखा बीच भातृत्व बिकासका लागि आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा अस्पताल विजयी भएको छ ।

अस्पताल समुहले पत्रकार समुहलाई ३-० गोल अन्तरले पराजित गरेको हो । जितका लागि अस्पतालको तर्फबाट खेलको पहिलो हाफमा ऋषिराम चौधरीले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरी संजय गोदारले थप एक गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको सुरुवातदेखिनै  हाबी देखिएको अस्पताल समुहका लागि दोस्रो हाफमा बिनय केसीले थप एक गोल गरेका थिए ।

अस्पतालले यहीँ फागुन १५ गते मनाउन लागिरहेको स्थापना दिवसका अवसरमा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गरिरहेको छ । अस्पतालले स्थापना दिवसमा आफ्ना गतिविधिसहितको “जीवक-३” नामक स्मारिका पुस्तक समेत प्रकाशन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?