© २०२३
बुटवल, १० फागुन ।
ग्यास्ट्रो सेन्टर बुटवल प्रा. लि अन्तर्गतको रेडियोलोजि विभागले यस भेगमा पहिलोपटक पिटिबिडी अर्थात प्रिकुटनियस ट्रान्सहेपाटिक बाइलियरी ड्रेनेज सेवा प्रदान गरेको छ ।
यस सेन्टरको रेडियोलोजी बिभागका रेडियोलोजिस्ट डा. बिष्णु पौडेलको नेतृत्वमा दाङ निवासी ५२ बर्षीय पुरुषमा सो प्रक्रिया गरे पश्चात यस ग्यास्ट्रो सेन्टरबाट प्रदान गरिने सेवाहरुमा थप अर्को सेवा पनि थपिएको छ ।
रेडियोलोजिस्ट डा. कविराज भुसाल सम्मिलित टोलीले यो प्रक्रिया गरेसंगै रेडियोलोजी बिभागले आफ्नो इन्टरभेन्सनल रेडियोलोजीको सेवा बिस्तार गर्दै लगेको छ ।
विभिन्न कारणबस पित्तनलीको अवरोध पछि उत्पन्न जटिलतालाई न्यूनीकरण गर्न कलेजोको सूक्ष्म पित्तनलीमा पाइप हाली पित्तलाई बाहिर निकास दिने प्रक्रियालाई पिटिबिडी भनिन्छ । बिरामीलाई पुर्ण रुपमा होशमा राखी गरिने यो प्रक्रिया पित्तनलीको क्यान्सर, प्याङ्क्रियाजको क्यान्सर, पित्तनली साँघुरिएको अवस्थामा र पित्तनलीको पत्थरी निकाल्न प्रयोग गरिन्छ ।