Butwal Today

हिलबर्टलाई बाणगंगा नगर उपमेयरकप महिला भलिबलको उपाधि

९ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

जितपुर, ९ फागुन ।

बाणगंगामा सम्पन्न नगर उप मेयर कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि हिलबर्ट इङलिस बोर्डिङ स्कुलले जितेको छ ।

बुद्ध रंगशालामा सम्पन्न फाइनल खेलमा हिलबर्टले एभरेष्ट इङलिस बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । यस्तै एभरेष्ट इङलिस बोर्डिङ स्कुल द्वितीय स्थानमा बस्न बाध्य भयो । यसैगरी, न्यू होराइजन तेस्रो स्थानमा रह्यो । यस्तै चौथो स्थान कान्ती माविले हात पारेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिएको छ । एभरेष्टकी मिना सुनार ‘बेस्ट स्पाइकर’, हिलबर्टकी प्रगति नाथ ‘बेस्ट सेटर’, एन्जीला प्रधान ‘बेस्ट डिफेन्स’ घोषित भए । त्यस्तै, न्यू होराइजन बुटवलकी प्रतिभा चौधरीले ‘बेस्ट सर्भर’ को उपाधि जितिन् । हिलबर्टका सुमित्रा रेग्मी ‘बेस्ट बल्कर’, सलिना बुढा ‘बेस्ट प्लेयर’ तथा भरत थापा ‘बेस्ट कोच’ घोषित भए ।

प्रतियोगिताका विजयी टिमहरूले नगद पुरस्कार प्राप्त गरेका छन् । पहिलो हुने टोलीलाई ८० हजार, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई ३० हजार र चौथो हुने टोलीलाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगिता फागुन ७ गते देखि ९ गते सम्म संचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?