Butwal Today

सुनको भाउ प्रतितोला एक हजारले घट्यो

९ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, ९ फागुन ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?