ट्रेंडिंग:

>> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ? 

नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले गर्‍यो ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

रौतहट, ९ फागुन ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले गरेको ज्यादतीका कारण सर्लाहीका एक युवकले खुट्टा गुमाउनु परेको घटना सार्वजनिक भएको छ।सर्लाही जिल्लाका बलरा नगरपालिका-३ का महेन्द्र रायको १८ वर्षीय छोरा गोलु राय यादवलाई एसएसबीका जवानले अन्धाधुन्ध लाठी प्रहार गर्दा खुट्टा गुमाउनु परेको हो।

गोलु राय यादव ३ दिनअघि, माघ ७ गते मंगलवार बिहान ११ बजे सिमावर्ती भारतीय बजार बसविट्टा बाट घरायसी सामान जस्तै चामल र चिनी किनेर मोटरसाइकलमा घर फर्किरहेका थिए। सोही क्रममा एसएसबीका जवानहरूले सामान चेकजाँच गर्नका लागि उनकाे मोटरसाइकल रोक्न प्रयास गरे। तर, तिव्र गतिको कारण गोलु रोकिएनन्, र एसएसबीका जवानहरूले अन्धाधुन्ध लाठी प्रहार गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार, जवानहरूले गोलुलाई लखेट्दै नेपाली भूमिमा प्रवेश गरेका थिए र त्यसपछि गोलु मोटरसाइकलसहित लडेका थिए।

लडेर खुट्टा भाँचिएको अवस्थामा पनि एसएसबीले लाठी प्रहार जारी राखेका थिए, र त्यसपछि स्थानीयहरूको होहल्ला गरेपछि जवानहरू भारतीय भूमितर्फ भागेका थिए। स्थानीयले घटना थाहा पाएपछि गोलुलाई उपचारका लागि तुरुन्तै एम्बुलेन्समा बिरगञ्ज लगियो, तर त्यहाँ उपचार सम्भव नभएको भन्दै डाक्टरले ललितपुरको बी एण्ड वी अस्पतालमा पठाए।

वहाँ गरिएको चेकजाँचमा, डाक्टरहरूले खुट्टाको भास्कुलर नसा च्यापिएर गम्भीर अवस्थामा रहेको देखे र त्यसका कारण गोलुको दाहिने खुट्टा काट्नु परेको महेन्द्र राय यादवले बताउनुभयो।

गोलुको हाल उपचार जारी रहेको र पीडित परिवारले एसएसबीका जवानहरूको ज्यादतीको अनुसन्धान र कार्वाहीको माग गरेका छन्।

सर्लाहीका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सरोज राईले उक्त घटनाको पुष्टी गरेका छन्। उनले भने, “घटनाबारे मौखिक जानकारी आएको छ, तर औपचारिक रुपमा लिखित जानकारी प्राप्त भएको छैन र थप अनुसन्धान भइरहेको छ।”

एसएसबीको ७१ औं बटालियनका भ्वाईस कमान्डेन्ट विश्वजित तिवारीले भने, “नेपाली युवक मोटरसाइकल दुर्घटनामा परेको र खुट्टा भाँचिएको जानकारी प्राप्त भएको छ। उक्त घटना एसएसबीका २० औं बटालियन खटिएको क्षेत्रमा भएको हो, जवानको ज्यादती हो कि होइन भनेर अनुसन्धान जारी छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?