Butwal Today

स्ववियु निर्वाचन तालिका सार्वजनिक, फागुन १९ मा संगठन र फागुन २७ मा उम्मेदवारी दर्ता

९ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यायले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेक छ। आगामी चैत ५ गतेका लागि तय भएको निर्वाचन तालिका विश्वविद्यालयले सार्वजनिक गरेको हो।

सार्वजनिक तालिकाअनुसार यही फागुन १९ गते संघ तथा संगठन दर्ता गर्नुपर्नेछ। त्यस्तै फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यतालिका छन्।  त्यस्तै मतदाताको सूची फागुन २१ गते बिहान १० बजे सार्वजनिक हुनेछ भने मतदाताको सूचीमाथि दाबी विरोध फागुन २५ गते दिउँसो १ बजेसम्म गर्न पाइनेछ।

मतदाताको अन्तिम नामावली फागुन २५ गते साँझ  ५ बजे प्रकाशित हुने छ। मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।