Butwal Today

भारतको केआइआइटीका १५९ विद्यार्थी रक्सौल हुँदै स्वदेश फर्के

९ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

पर्सा, ९ फागुन ।

भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत १५९ जना विद्यार्थी रक्सौल हुँदै नेपाल फर्किएका छन्।

यो निर्णय विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न भएको विषम परिस्थितिका कारण गरिएको हो। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार, बिहीबार बेलुका ती विद्यार्थी रक्सौलबाट स्वदेश फर्केका हुन्।

यसै क्रममा, वीरगञ्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए। उनका अनुसार, लम्साल र सदाको मृत्यु अस्वाभाविक भएको भन्दै न्यायिक छानबिनको माग उठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?