© २०२३
काठमाडौं, ९ फागुन ।
कांग्रेस महामन्त्री गगन थापाले पूर्वराजालाई आफ्ना विचार व्यक्त गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न आवश्यक नरहेको बताएका छन्। उनले थपे कि, नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको पनि उल्लेख गरे।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले, “जनताले पटकपटक तानाशाह शासन व्यवस्थाको अनुभव लिएका कारण लोकतन्त्रको विकल्पको बारेमा नसोचेको” भने। उनले पूर्वराजाको शासनकालमा कांग्रेससहित अन्य पार्टीका नेताहरूलाई राष्ट्रद्रोहको आरोपमा जेलमा राखिएको उदाहरण दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्ना विचार व्यक्त गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न नहुने बताएका छन्।
“गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्वराजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन्। विगतमा पूर्वराजाको शासनकालमा हामीले आफ्नो विचार व्यक्त गर्दा राष्ट्रद्रोहको मुद्दामा जेलमा राखिएका थियौं। त्यसैले पूर्वराजालाई आफ्ना विचार व्यक्त गरेकै कारण पक्राउ गर्न वा मुख बन्द गर्न जादैनौँ,” थापाले भने।
थापाले प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति होइन, सरकारको कामकाजीलाई असन्तुष्टि जनाउने अधिकार पाएको पनि बताए।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा देशले धेरै दुःख र कष्ट सहन नसक्ने भन्दै आफूलाई साथ दिन आह्वान गरेका थिए। शाहको यस आह्वानपछि राजावादी नेताहरू उत्साहित भएका छन्, भने गणतान्त्रिक नेताहरू भने रुष्ट भएका छन्।