Butwal Today

इटालीका विश्वकप विजेता गोलकिपर बुफोन केपी ओली कप फाइनलमा सहभागी हुन नेपाल आउने

९ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

 विश्वकप विजेता इटालीका चर्चित गोलकिपर जियानलुइजी बुफोन नेपाल आउने भएका छन्। उनी केपी ओली कप फुटबलको फाइनलमा सहभागी हुन नेपाल आउने छन्।

केपी ओली कपको आयोजक नेपाल युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले बुफोन नेपाल आउने जानकारी दिएका हुन्। यसअघि ब्राजिलका चर्चित खेलाडीहरू रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई प्रस्ताव गरिएको भएपनि समय नमिलेपछि अब इटालीका गोलकिपर बुफोनलाई नेपाल ल्याउन लागेको अध्यक्ष थेबेले बताउनुभएको हो।

बुफोनले सन् २००६ को फिफा विश्वकप जितेका छन् र उनी सबैभन्दा धेरै १ सय ७६ अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन्। साथै, उनले इटालीका लागि ८० वटा खेलमा कप्तानीसमेत गरेका छन्।

२ विदेशीसहित ९ वटा टोली सहभागी हुने केपी ओली कपको तेस्रो संस्करण पर्सि आइतवारदेखि शुरू हुँदैछ। प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ।