ट्रेंडिंग:

>> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च

अर्घाखाँची जोड्न कोईली खोलामा अर्को पुल

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

जितपुर, ०९ फागुन ।
पूर्वपश्चिम राजमार्ग जोड्ने बनगाई, मोतिपुर, डोहोटे सडकखण्ड अन्तर्गत वाणगंगा नगरपालिका वडा ९ कपिलधाम कजवे नजिक रहेको कोइली खोला (ख) मा पक्कि पुलको निर्मांण कार्य तिब्ररूपमा काम भइरहेको छ । कपिलवस्तु र अर्घाखाँची जोड्ने बनगाई डोहोटे सडक जिल्लाको वाणगंगा नगरपालिका ७ घेरवा—बनगाई र अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ डोहोटे जोड्ने पक्कि पुल कोइली खोला (ख) को वाणगंगा नगरका मेयर चक्रपाणि अर्यालले शिलान्यास गरेका थिए ।
१३ कि.मि. दुरी रहेको बनगाई,मोतीपुर डोहोटे सडक खण्ड नेपाल सरकारको ९ करोड ३ लाख ७८ हजारको लागतमा पुल निर्माण हुन लागेको हो । ७० मिटर लम्बाई रहेको पुल आगामी २ वर्षमा सम्पन्न हुने भनिएता पनि ठेकेदार कम्पनीले १ वर्षमा नै पुलको निर्माण कार्य पुरा गर्ने जनाएको छ । श्री श्रेष्ठ-एन बि.जे.बि.कन्सट्रक्सन बुटवल रूपन्देहीले उक्त कोइली खोला (ख) मा पुलको निर्माण गर्ने जिम्मा पाएपछि काम अगाडि बढेको हो । ठेकेदारले पुलको काम समयमै सम्पन्न गर्न स्थानीयवासी, राजनीतिक दल सवैलाई आवश्यक सहयोगका लागि आग्रह गरेको थियो । त्यसै अनुरूप ठेकेदार कम्पनीले समय अगावै काम सम्पन्न गर्न लागेकामा सबैे तर्फबाट प्रसंसा पाइरहेको छ । पुलको निरिक्षण तथा अनुगमनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य, भूमि व्यवस्था सहकारी तथा गरीबी निबारण मंत्री बलराम अधिकारीले पनी ठेकेदार कम्पनीका नारायण भुसालसँग पुलको निर्माणका विषयमा जानकारी लिएका थिए । मन्त्री अधिकारीले ठेकेदार कम्पनीलाई समय अगावै पुल निर्माणको काम पुरा गर्न लागेकोमा धन्यवाद दिँदै कामको सराहना गरेका थिए ।

यस ठाउँमा पुल नबन्दा विद्यालय पढ्न जाने विद्यार्थी, कार्यालय जाने कर्मचारीले वर्षातको समयमा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यता थियो । वर्षातको समयमा खोला तर्दा यस कोइली खोलाले दर्जनौको ज्यान लिइसकेको छ । गत साल कोइली खोला (क) मा पुल बनेको थियो भने हाल कोइली खोला (ख) को पुलको निर्माण कार्य धमाधम भइरहेको छ । विशेष गरी वाणगंगा ९ भलवाडका जनताको शास्ति र दुःख देखेर लुम्बिनी प्रदेशका माननिय साँसद तथा पूर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थीको पहलमा सो पुलको काम भएको स्थानिय बुद्धिजिवि वताउँछन् । लामो समयदेखि नाम चलेको बनगाई डोहोटे सडक खण्डमा पुल निर्माणको कार्य पुरा भएपछि कपिलवस्तु र अर्घाखाँची जिल्ला आवतजावतमा निकै छोटो दुरीमा पुग्न सकिन्छ । साथै भारतीय बजार देखि अर्घाखाँची लगायतका जिल्लामा व्यापारिक कारोवार गर्नेहरूको लागि पनि सस्तो र सुलभ हुनेछ । भारतको खुनुवा नाका हुदै तौलिहवा सदरमुकाम तिलौराकोट, जगदिशपुर, लक्ष्मणघाट बोलबमधाम, मोतीपुर, वाणगंगा ९को कपिलधाम, भलवाड हुदै अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शन र रमणिय मनमोहक ठाउँ नरपानी आउने जाने पर्यटकलाई राम्रो पर्यटकीय गन्तब्य बन्ने बाणगंगा ९का स्थानिय शम्भु प्रसाद चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?