ट्रेंडिंग:

>> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत

शाइन रेसुंगा राष्ट्रिय दौडः दौडेर एक लाख जित्न सकिने

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

बुटवल, ०९ फागुन ।
‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ ( दौड प्रतियोगिता) मा भाग लिन नाम दर्ता गराउने म्याद शुक्रबार दिउँसोसम्म बाँकी रहेको छ ।बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा फागुनको ११ गते बिहान ७ बजे आयोजना हुने दौड प्रतियोगिताको लागि ९ गते दिउसो १२ बजेसम्म अनलाइनबाट वा बैंकको केन्द्रीय कार्यालय बुटवलमा पुगेर फर्म भरी नाम दर्ता गराउन सकिने बैंकले जनाएको छ ।बिहीबारसम्म नाम दर्ता उत्साहजनक रहेको र कार्यक्रमलाई भब्य बनाउन धेरै भन्दा धेरै धावक सहभागी होउन् भन्ने बैंकको उद्देश्य रहेको प्रमुख पकार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।
‘रन टु साइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रियस्तरको महिला÷पुरुष खुला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ ।

प्रतियोगिताको पुरस्कार राशि पाँच लाख रूपैयाँ रहेको छ । खुलातर्फको महिला÷पुरुष विजेताले एक–एक लाख रूपैयाँ प्राप्त गर्नेछन् । एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको यो पुरस्कार रकम नेपालकै सर्वाधिक रकम हो । खुलातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुने धावकले १० हजार रूपैयाँ प्राप्त गर्नेछ । स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले २५ सय रूपैयाँसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । इच्छुक सहभागीले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वेबसाइटमा गएर निःशुल्क नाम दर्ता गर्न सक्नेछन् । बुटवलस्थित बैंकको केन्द्रीय कार्यालयमा समेत भौतिक रूपमा फारम भरी नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट फागुन ११ गते बिहान ७ बजे सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुनः केन्द्रीय कार्यालय परिसरमै आई समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथ्लेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पु¥याउने उद्देश्य अनुरूप दौड प्रतियोगिताको आयोजना गर्न लागिएको र यसमा धेरै भन्दा धेरै धावकको सहभागिताको अपेक्षा गरिएको बताए । ‘विभिन्न सामाजिक क्रियाकलापमा बैंकको भूमिका अग्रणी नै रहँदै आएको छ, राष्ट्रियस्तरको यो दौड प्रतियोगितामा पनि स्थानीय देखि देशभरका धावक सहभागी गराएर खेलकुद र समाजप्रति उत्तरदायित्व नयां ढंगले पूरा गर्ने अवसरको रूपमा लिएका छौं’–पौडेलले भने–‘यो दौड प्रतियोगिता सबैको उत्सव होस् भन्ने हाम्रो अपेक्षा छ ।’ बैंकका अनुसार बिहीबारसम्म करिब एकहजारजनाले नाम दर्ता गराएका छन् । प्रतियोगिताको व्यवस्थापन जिम्मा लिएको कखरा इभेन्टले ५ हजार जना सम्मले भाग लिए पनि व्यवस्थापन गर्ने गरी तयारी भएको जनाएको छ । प्रतियोगिताको सद्भावना दुतमा बैकुण्ठ मानन्धर नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?