Butwal Today

बिमा रकम भुक्तानी नहुँदा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सेवा प्रभावित

९ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

दाङ, ९ फागुन ।

दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिमाको रकम नेपाल सरकारले समयमा भुक्तानी नगरेका कारण सेवा दिन नसक्ने बताएको छ ।

आज एक विज्ञपति निकालेर सो कुराको जानकारी गराएको हो । ११ करोड बढि बिमा रकम भुक्तानी हुन बाकी भएकाले फागुन १८ गतेदेखि बिमा अन्तर्गत औषधि वितरण गर्न नसक्ने जनाएको छ ।

आज प्रतिस्ठानले एक विज्ञपति जारी गरि बिमा गरेका बिरामीलाई ३ महिना औसधि दिन नसकिने १ हप्ताको औसधि मात्र दिन सकिने जनाएको छ । साथै प्रयोगशाला र रेडियोलोजी जाचँहरु पनि स्थगित गर्ने निर्णय गरेको छ ।