ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

धेरै नरिसाउनुस् बाबुरामजी, ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ : प्रकाशचन्द्र लोहनी

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई ‘स्टालिनवादको रन्को थाम्ने र फासिस्ट कित्तामा पुग्ने’ रवैया त्याग्न सुझाएका छन्। नेपाल देश भट्टराइको विर्ता नभएको समेत लोहनीले टीप्पणी गरेका छन्।

‘के यो देश तपाईको विर्ता हो? अथवा तपाईंमा अझ पनि स्टालिनवादको रन्को बाँकी छ? अरू सबै बेठिक र म मात्रै जान्ने र सत्यको अन्तिम हकदार भन्ने चिन्तन विस्तारै फासिस्ट कित्तामा पुग्छ, यस्तो यात्रामा नलाग्नुस्,’ वरिष्ठ राजनीतिज्ञ डा. लोहनीले सामाजिक सञ्जालमा भनेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो वक्तव्यमा राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको उन्नति र समृद्धीका लागि सहयोग गर्न देशबासीलाई आह्वान गरेपछि पूर्वप्रधानमन्त्री भट्टराइले पूर्वराजाले सीमा नाघेको र कारबाही गर्नुपर्ने मत सार्वजनिक गरेका थिए।

भट्टराईको सो भनाइप्रति कटाक्ष गर्दै डा. लोहनीले प्रत्युत्तर दिएका हुन्। ‘मित्र बाबुराम भट्टराईजी, राजा ज्ञानेन्द्रले अब म अगाडि बढ्छु भने तपाईंलाई धेरै रिस उठेछ। तपाईं धेरै नरिसाउनुस् मित्रको ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ,’ लोहनीले भनेका छन्।

‘तपाईंले राजनीति गर्न हुने र राजा ज्ञानेन्द्रले देशको दुर्दशा अब हेरेर बस्न सकिँदैन, म अगाडि आउँछु सहयोग गर्नुस् भन्न नपाइने?,’ लोहनीको तर्क छ।

राप्रपाका पूर्वअध्यक्ष लोहनीले भट्टराईलाई नयाँ पार्टीका लागि शुभकामना समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?