ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

दुईपाङ्ग्रे सवारी साधनको दुर्घटना बढेको बढै

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

बुटवल, ०९ फागुन।

ठूला सवारी साधनहरूभन्दा साना सवारी साधनहरूको दुर्घटनाको संख्या बढी रहेको पाइएको छ। विशेष गरेर दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको दुर्घटना चारपाङ्ग्रेको तुलनामा दोब्बर बढी पाइएको हो। दुर्घटना रोकथामका लागि ट्राफिक प्रहरी मात्रै नभई सबैले ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले हालै सार्वजनिक गरेको दुर्घटनाको तथ्यांक केलाउँदा लुम्बिनी प्रदेशमा गत वर्षको माघ महिनामा भन्दा गएको माघ महिनामा दुर्घटनाको संख्या धेरै रहेको देखिन्छ। गत वर्षको माघ महिनामा लुम्बिनी प्रदेशमा ७३ वटा सवारी दुर्घटना भएकोमा ३७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ९५ जना घाइते भएका थिए। तर, गएको माघ महिनामा भने दुर्घटनाको संख्या बढेर ३८५ पुगेको छ। दुर्घटनामा परेर ४२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएको प्रहरी रिपोर्टमा देखिन्छ।

यसरी दुर्घटनाको संख्या बढ्नु दुखद कुरा भएको भन्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले भने दुर्घटना कम गर्न एक्लो ट्राफिक मात्रले सम्भव नहुने उनको भनाइ छ। दुर्घटना कम गर्न जुनसुकै सवारी साधन चलाउने चालकहरू, सहचालकहरू, ट्राफिक प्रहरी, सडकको अवस्था सुधार, पैदल यात्री सबै पक्ष सचेत भएमात्र दुर्घटना कम गर्न सकिने प्रमुख खत्रीको भनाइ छ।

लुम्बिनी प्रदेशभरि ट्राफिक प्रहरी कार्यालयहरूले गएको एक महिना माघ महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने १५ हजार ५ सय ६२ सवारी साधनहरूलाई कारबाही गरी कुल १ करोड ५६ लाख ५ हजार जरीवाना गरी राजस्व जम्मा गरेको छ।

त्यस्तै विभिन्न यातायात व्यवसायी संघसंस्था क्लबहरू सँग मिलेर दुर्घटना कम गर्ने उद्देश्यले प्रदेशभरि १५ सय २० वटा जनचेतनामूलक कार्यक्रम समेत गरिएको छ। सवारी नियम विपरीत सार्वजनिक सवारी साधनहरूमा आफूखुसी १७ वटा सवारी साधनहरूलाई स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गराउँदै हिँड्ने ३९ वटा मोटरसाइकलहरूलाई कारबाही स्वरूप जनही १० हजारका दरले जरीवाना गरी दुरुस्त गराइ छाडिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी मधुसुधन न्यौपानेले बताए।

पछिल्लो समय दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकलबाट धेरै दुर्घटना भैरहेको भन्दै मोटरसाइकल चालकसँग २ मिनेट भन्ने कार्यक्रम सञ्चालन गरी १३ हजार ३ सय ४७ जना चालकहरूलाई दुर्घटनाका कारण बारे जानकारी गराइएको सूचना अधिकारी न्यौपानेको भनाइ छ। प्रदेशका विभिन्न ट्राफिक प्रहरी कार्यालयमा सेवाग्राहीलाई छिटो छरितो सेवा दिने र गलत गरेका चालकहरूको रेकर्ड राख्ने सेवा समेत सुरु गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?