ट्रेंडिंग:

>> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो

आजदेखि लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

देउखुरी, ०९ फागुन ।
लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार तथा पूर्वविद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरू हुने भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गर्न लागेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी शुक्रबार अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । एकैसाथ १५ विद्यालयबाट अभियान सुरू गरिंदैछ । मुख्यमन्त्री आचार्यले भने, “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न यो अभियान अपरिहार्य छ । ७० प्रतिशत बालबालिकाले रोजाइमा राख्ने सामुदायिक विद्यालयप्रति अझै विश्वास र भरोसा बढाउनु आवश्यक छ ।”

प्रदेश सरकारको नीति तथा कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयप्रति सरोकारवालाहरूको उत्तरदायित्व वृद्धि गर्न यो अभियान समावेश गरिएको सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिए । यो अभियान विशेष गरी कमजोर शैक्षिक नतिजा भएका सामुदायिक विद्यालयहरूलाई सुधार गर्ने लक्ष्यका साथ अघि बढाइएको छ । २०८० सालको एसईई परीक्षामा लुम्बिनी प्रदेशको नतिजा राष्ट्रिय औसतभन्दा कमजोर देखिएपछि सुधारका लागि यो अभियान थालिएको हो । प्रदेशका कुल ६,३४० विद्यालयमध्ये ४,५३१ सामुदायिक विद्यालय छन्, जसमा ९,२५,६२९ विद्यार्थी अध्ययनरत छन् ।
सामुदायिक विद्यालयहरूको प्रभावकारिता बढाउन निम्न गतिविधि सञ्चालन गरिनेछ विद्यालय व्यवस्थापनमा सुधार, पूर्वविद्यार्थीहरूको सहभागिता अभिवृद्धि, भौतिक पूर्वाधार तथा स्रोतसाधन परिचालन, शिक्षामा सूचना प्रविधिको उपयोग, छात्रवृत्ति कोष स्थापनासहित विभिन्न शैक्षिक कार्यक्रमखेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रवद्र्धन गरिने बताए । त्यसै गर सामाजिक विकृतिविरुद्ध सचेतना कार्यक्रम, विपत् व्यवस्थापन तथा स्वास्थ्य, पोषण, खोप र जीवनोपयोगी सीपसम्बन्धी जानकारी अभियान गरिने मुख्यमन्त्री आचार्यले बताए ।

लुम्बिनी प्रदेशका पाँच उत्कृष्ट सामुदायिक विद्यालयहरूको सफल अभ्यासलाई बिस्तार गर्दै अन्य विद्यालयहरूको स्तरवृद्धि गर्ने लक्ष्य राखिएको छ । यस अभियानमा पूर्वविद्यार्थी, अभिभावक, शिक्षक, पालिका प्रतिनिधि, प्रदेशसभा सदस्य, नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरूको सहभागिता रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?