Butwal Today

अस्वस्थ प्रतिस्पर्धाका कारण घट्यो अण्डाको मूल्य

९ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि अण्डाको मूल्यमा ३० देखि ३५ रूपैयाँको गिरावट गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, मूल्य घटेको नयाँ संरचना अनुसार अब मध्यम आकारको अण्डा ३५० रूपैयाँ, ठूलो अण्डा ३७० रूपैयाँ र एक्स–एल आकारको अण्डा ३८५ रूपैयाँ पर्नेछ। यसअघि, यी आकारका अण्डाका मूल्य क्रमशः ४००, ३८५ र ४१५ रूपैयाँ थिए।

अध्यक्ष पोखरेलका अनुसार, मूल्य घटाउनको कारण अस्वस्थ प्रतिस्पर्धा हो। उत्पादक र व्यवसायीबीचको अनियन्त्रित प्रतिस्पर्धाका कारण मूल्यमा कमी गर्नुपर्ने अवस्था आएको हो। उनले भने, “उत्पादन बढेको कारण वा किसानलाई फाइदा पुग्ने उद्देश्यले मूल्य घटाएको होइन, अस्वस्थ प्रतिस्पर्धाले गर्दा यस्तो निर्णय लिनु परेको हो।”

हालका लागि मूल्य घटेको भए तापनि उनले यसलाई अस्थायी रूपमा लिइएको निर्णय भनेका छन् र तुरून्तै अण्डाको मूल्य बढ्न सक्ने सम्भावना रहेको पनि बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?