ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

लप्सीफेदी सबस्टेशन निर्माणमा ४०० केभी क्षमता

८ फाल्गुन २०८१, बिहीबार
८ फाल्गुन २०८१, बिहीबार

काठमाण्डाै ।

काठमाण्डाैको पूर्वी भेगमा रहेकाे शङ्खरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेशन निर्माण धमाधम भइरहेको छ ।तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको बिजुली काठमाण्डाै उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेशन’ (जीआईएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेशन निर्माणाधीन छ । सबस्टेशन निर्माण आउँदाे पुसभित्र (डिसेम्बर २०२५) सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

स्थानीय समस्याका बाबजुद झन्डै एक वर्षअघि शुरू भएको सबस्टेशन निर्माण अहिले पूर्णरूपमा भइरहेको छ । झन्डै १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेशन काठमाण्डाै उपत्यकामा बिजुली आपूर्तिका लागि सबैभन्दा ठूलो ‘हब’ हो ।

मानव बस्तीमा सबस्टेशन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नुपर्ने माग राख्दै केही स्थानीय बासिन्दाबाट सबस्टेशन निर्माणमा लामो समयदेखि अवरोध हुँदै आएको थियो । सबस्टेशन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरूले राजीखुशीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) तथा पूरक ‘आईईई’ लगायतका सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी उपलब्ध विकल्पहरूमध्ये सबैभन्दा उत्तम बोझिनीलाई सबस्टेशन निर्माणस्थल छनोट गरिएको थियो । स्थानीय बासिन्दाले उठाएका जायज मागलाई सम्बोधन गर्दै सबस्टेशन निर्माण भइरहेको छ ।

खिम्ती–बाह्रबिसे– लप्सीफेदी सबस्टेशन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेzनको नियन्त्रण कक्ष, ‘जीआईएस’ का उपकरणहरू रहने भवनलगायतका सिभिल संरचनाहरूको निर्माण झन्डै ४० प्रतिशत सकिएको छ । सबस्टेशनमा रहने ‘पावर ट्रान्सफर्मर’, ‘जीआईएस’, ‘कन्ट्रोल प्यानल’ लगायतका सम्पूर्ण उपकरणहरूको आपूर्ति झन्डै ८० प्रतिशत भइसकेको छ । आयोजनाअन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेशन पनि निर्माणाधीन छन् ।

तामाकोशी–काठमाण्डाै प्रसारण लाइन आयोजनाअन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सबस्टेशनका सिभिल संरचनाहरूको निर्माण ५० प्रतिशत सकिएको छ । उपकरणहरूको आपूर्ति ९८ प्रतिशत भइसकेको छ । सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएपछि सबस्टेशनमा उपकरणहरूको जडान शुरू हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजाे सबस्टेशन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीहरूलाई निर्देशन दिनुभयो ।

‘स्थानीय समस्याका कारण सबस्टेशन निर्माणमा केही ढिला भयो तर अहिलेसम्मको निर्माण प्रगति सन्तोषजनक नै देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘स्थानीय बासिन्दाबाट सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, खेलमैदान तथा गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतका राखिएका जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सम्बोधन गरिरहेका छौँ, गर्दै जानेछौँ ।’

स्थानीय बासिन्दासँगको प्रतिबद्धताबमोजिमका ‘सीएसआर’ अन्तर्गतका कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउनसमेत उहाँले आयोजना व्यवस्थापनलाई निर्देशन दिनुभयो ।

तामाकोशी–काठमाण्डाै २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापमा रहेकाे नयाँ खिम्ती सबस्टेशनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाण्डाै आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेशनमा जोडिने छ । प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरू खडा गरिएको छ । झन्डै ३ किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ ।

त्यस्तै बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ । यी टावरहरू लप्सीफेदी क्षेत्रमै पर्दछन् । झन्डै ४२ किलोमिटर तार तानिएको छ । तामाकोशी–काठमाण्डाै प्रसारण लाइनको निर्माण आउँदाे चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख नितिश पौडेलले बताउनुभयो । आयोजनाअन्तर्गत नै  बाह्रबिसेमा २२० केभी सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ ।

अमेरिकी सहायता परियोजना अर्थात् ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि बिजुलीलाई लप्सीफेदीबाट नुवाकोटको रातामाटे हुँदै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकामा रहेकाे नयाँ बुटवल सबस्टेशनतर्फ प्रवाह गराउन सकिनेछ ।

नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एशियाली विकास बैंक (एडीबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’ मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेशनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।

लम्सीफेदी/चाँगुनारायण प्रसारण लाइन निर्माणमा अझै अवरोध

लप्सीफेदी सबस्टेशनबाट काठमाण्डाै उपत्यकामा बिजुली आपूर्तिका लागि लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध अझै हट्न सकेको छैन । प्रसारण लाइनको मार्गधिकारका जग्गाधनीले अवरोध गर्दा झन्डै ७ वर्ष अघिदेखि निर्माण प्रभावित हुँदै आएको छ । यसका कारण प्रसारण लाइन निर्माण नै शुरू हुन सकिरहेको छैन ।

आयोजनाअन्तर्गतको चाँगुनारायण १३२ केभी सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । तर बिजुली आपूर्तिका लागि स्रोत नभएकाले चाँगुनारायण सबस्टेशन सञ्चालनमा आउन सकिरहेको छैन । याे सबस्टेशनबाट बिजुली आपूर्ति दिन थालिएपछि मुख्य रूपमा काठमाण्डाैको पूर्वी भेगको आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । अहिले याे क्षेत्रमा चावहिल सबस्टेशनबाट बिजुली आपूर्ति हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?