ट्रेंडिंग:

>> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ?

चरेस तस्करीको नयाँ काइदा : हातमा जर्किन, जर्किनभित्र साढे ११ किलो चरेस

८ फाल्गुन २०८१, बिहीबार
८ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।

जर्किनभित्र लुकाएर पर्सा पुर्‍याइएको ११ किलो ४ सय ग्राम चरेससहित एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-२ बुनियादकी ३० वर्षीया आरती यादव छिन्। वीरगन्ज महानगरपालिका-१६ बसपार्कमा कोठा भाडामा लिएर बस्दै आएकी उनलाई बुधबार राति ८ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

वीरगन्ज महानगरपालिका-१६ कै शंकराचार्य गेटमा चेकजाँचका क्रममा यादवलाई प्रहरी चौकी इनर्वाको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक मिश्रले बताए।

‘नेपालबाट भारत र भारतबाट नेपाल आउने पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा यादव पक्राउ परेकी हुन्,’ मिश्रले भने।

यादव हातमा रातो जर्किन बोकेर भारततिर जान लागेकी थिइन्। शंका लागेर जर्किन खोल्दा प्लाष्टिकमा सानो-सानो पोकामा लुकाएर राखिएको चरेस फेला परेको मिश्रले बताए।

यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान थालिएको छ। यसअघि मंगलबार प्रहरीले जिराभवानी गाउँपालिका-५ भलुवाही खोलास्थित झाडीबाट ११ किलो ९५० ग्राम चरेस बरामद गरेको थियो।

चरेस गाँजाबाट प्रशोधन गरी बनाइन्छ। चरेसको अन्तर्राष्ट्रिय माग र मूल्य उच्च छ। नेपालको धादिङ, बारा मकवानपुर, धनकुटालगायत जिल्ला गाँजा खेतीले चिनिन्छन्।

पक्राउ परेकी यादव भरिया भएको आशंका प्रहरीको छ। ‘उनले कहाँबाट चरेस ल्याइन् भन्नेबारे अनुसन्धान भइरहेको छ,’ मिश्रले भने।

पछिल्लो समय चरेस तस्करीको नयाँ तरिका अपनाइएको पाइएको छ। एक साताअघि गत शुक्रबार प्रहरीले वीरगन्ज-१६ चालिस फिट्टे सडकबाट सर्लाही विष्णुपुर गाउँपालिका-४ मधुवनगोठका ४५ वर्षीय सुधीर कर्णलाई पक्राउ गरेको थियो।

उनी जर्किनभित्र साढे ११ किलो चरेस लुकाएर भारततर्फ जाँदै थिए। जर्किनमा माथिपट्टी घ्यू थियो, तलपट्टी सानो-सानो पोको पारेर चरेस राखिएको थियो।

‘खुला सीमाको फाइदा उठाउँदै भरियाहरूले नयाँ तरिका अपनाएर चरेस भारत लैजान खोजेको देखिन्छ,’ प्रहरी उपरीक्षक मिश्रले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?